अक्सफोर्डको खोपलाई बेलायतमा आम प्रयोगको अनुमति

अक्सफोर्डको खोपलाई बेलायतमा आम प्रयोगको अनुमति

लण्डन : अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई आम प्रयोगका लागि बेलायतले अनुमति प्रदान गरेको छ। अक्सफोर्ड र एक्सट्राजेनेकाद्धारा निर्मित खोप प्रयोगका लागि सुरक्षित रहेको निष्कर्षसहित यहाँको मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी ( एमएचआरए) ले मान्यता दिएको हो। 

आउँदो सातादेखि नै आम रुपमा वितरण गर्ने भनिएको यो खोपको १० करोड डोज बेलायत सरकारले अर्डर गरिसकेको छ। जुन एकजनालाई दुई डोजका दरले दिँदा ५ करोड मानिसका लागि पर्याप्त हुनेछ। 

आउँदो मार्च महिनासम्ममा चार करोड डोज वितरण गरिसक्ने बेलायतको योजना छ। यो खोप परीक्षणका क्रममा ६२ देखि ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको छ।  यसअघि बेलायतमा वितरण सुरु भइसकेको फाइजर बायोनटेक खोपसमेत गरी अब बेलायतको सिंगो जनसंख्यालाई पुग्ने डोजको व्यवस्था भएको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दाबी गरेका छन्। 

प्रधानमन्त्री बोरिस जोन्सनले अक्सफोर्डको कोभिड खोप बेलायती विज्ञान इतिहासकै महान उपलब्धि भएको भन्दै चाँडो भन्दा चाँडो धेरै मानिसहरुलाई वितरण गरिने प्रतिबद्धता गरेका छन्। 

पछिल्ला केही दिनमा महामारीयताकै सबैभन्दा उच्च दरको संक्रमण सामना गरिरहेको बेलायतले आफ्नै देशमा निर्मित खोपबाट ठूलो राहत महसुस गरेको छ। बेलायतमा देखिएको तीव्र दरमा फैलिने नयाँ प्रकृतिको भाइरसका हकमा समेत खोप प्रभावकारी हुने अपेक्षा छ। 

बेलायतमा यसअघि नै वितरण सुरु गरिएको फाइजर बायोनटेक खोपको तुलनामा कम खर्चिलो तथा स्टोर गर्न सहज भएका कारण पनि नयाँ खोप थप प्रभावकारी हुने विश्वास गरिएको छ। 

फाइजर बायोनटेकको जस्तो माइनस ७० डिग्रीमा राख्न जरुरी नरहेकाले नयाँ खोप भण्डारण र वितरणमासहजता हुनेछ। फाइजर बायोनटेकको तुलनामा अक्सफोर्डको खोप निकै सस्तो पनि पर्ने भएको छ। अघिल्लो खोपको एक डोजलाई करिब १५ पाउण्ड पर्नेमा अक्सफोर्डको खोपलाई ३ पाउण्डभित्रै पर्ने बताइएको छ। 

वाटर एड यूकेका कार्यरत जनस्वास्थ्य विज्ञ डा. ओमप्रसाद गौतमले अक्सफोर्डद्धारा विकसित कोभिड खोप आम प्रयोगको दृष्टिले एक महत्वपुर्ण उपलब्धि भएको बताउँछन्। 

'यो खोप सस्तोका साथै स्टोर गर्न पनि सहज भएका कारण नेपालजस्ता कम तथा अल्पविकसित देशहरुका लागि समेत निकै उपयोगी हुने देखिन्छ' डा गौतमले भने, तुलनात्मक रुपमा बढी सुलभ र सहज उपलब्धताले धेरै मुलुकहरुमा कोभिड संक्रमण रोक्न खोपको ठूलो भुमिका रहने आशा गर्न सकिन्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.