आगोमा जलेर एक बालिकाको मृत्यु

आगोमा जलेर एक बालिकाको मृत्यु

बैतडी : बैतडीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ । सिगास गाउँपालिका ३ साउनखेतकी २ बर्षीया रेखा साउदको जलेर ज्यान गएको हो । 

रेखाका दाजु ४ वर्षीय दिपेश साउदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो ४ बजेको समयमा दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । 

खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए । 

घटनास्थल गाँजरी प्रहरी चौकीबाट ४ घण्टाको पैदल दुरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.