बैतडीमा ७ हजार ५ सय बढी कोरोना परीक्षण

बैतडीमा ७ हजार ५ सय बढी कोरोना परीक्षण

बैतडी :  बैतडीमा ७ हजार ५८९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको छ । गएको चैतदेखि अहिलेसम्म ७ हजार ५८९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

७ हजार ५८९ जनाको परीक्षण गर्दा ६२२ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म दशरथचन्द नगरपालिकामा १४८, पाटनमा १०७, मेलौलीमा ४८, सिगासमा ५५ र डिलाशैनीमा २९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

यस्तै सुर्नयामा ४४, पञ्चेश्वरमा ६३, शिवनाथमा ५१, दोगडाकेदारमा ५१ र पुर्चौंडीमा २६ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका स्टाफ नर्स दीपा मौनीले जानकारी दिइन् । ६२२ जनामध्ये अहिले जिल्लामा ४५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २६,पाटन नगरपालिकामा १६, सुर्नया गाउँपालिकामा २ जना र मेलौली नगरपालिकामा १ जना रहेका छन् । 

तत्कालका लागि जिल्लाका ६ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिमा अहिले सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण समुदायस्तरमै पुगेकाले यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले आग्रह गरे । उनले भने ‘अहिले कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको छ । त्यसैले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन म आग्रह गर्न चाहन्छु ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.