नेपाली सेनाको गोरखादेखि हनुमानढोकासम्म पदयात्रा (फोटो फिचर)

नेपाली सेनाको गोरखादेखि हनुमानढोकासम्म पदयात्रा  (फोटो फिचर)

गोरखा : राष्ट्रिय एकता दिवसको दिन हनुमानढोका दरबारमा पुग्ने गरी नेपाली सेनाको पदयात्री टोली मंगलबार गोरखा दरबारबाट प्रस्थान गरेको छ। एकीकरण पदमार्गको यात्रामा निस्केको सो टोलीलाई पश्चिम पृतना पोखराका पृतनापति उपरथी विनयविक्रम राणा, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त लगायतले मंगलबार बिहान एक समारोहका बीच विदाइ गरेका थिए।

राष्ट्रिय झण्डा, सेनाको झण्डा, टर्च बोकेर निस्किएका ४० जनाको टोलीलाई उपरथी, प्रजिअ तथा मेयरले टीका लगाएर फूलमाला लगाई विदाइ गरेका हुन्। यात्राका सहभागीलाई बिदाइ गर्दै उपरथी राणाले इतिहासको संरक्षण गर्न एकीकरण पदमार्गको पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो’, उनले भने, ‘इतिहास जोगाउन यस्तो अभियान देशब्यापी चलिरहेको छ।’ नेपाल एकीकरण सुरु भएको जिल्ला गोरखाबाट पदमार्ग र पदयात्रा सुरु हुनु नेपालको पहिचान समेत रहेको उनले बताए। 

यात्रामा रणसिंह दल गण, शार्दुलजंग गुल्मसँगै नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको टोली सहभागी रहेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए।

राष्ट्रिय झण्डा, टर्च लाईट, ब्याण्ड बाजासहित प्रस्थान गरेको सो टोली पहिलो दिन गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म पुग्नेछ। दोस्रो दिन गोरखबाट हिँडेको टोलीले धादिङको सल्यान्टारमा देवीदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ। धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई यात्रा हस्तान्तरण गरेपछि उक्त टोली एकता दिवसको अघिल्लो दिन पुस २६ गते काठमाण्डौं पुग्ने र पुस २७ गते एकता दिवस समारोहमा सहभागी हुने रणसिंह दल गणका गणपति उज्वल केसीले बताए।

यात्रामा सहभागीलाई बिदाइ गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न पदयात्रा, पदमार्गले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘इतिहास मेटेर मेटिँदैन भन्ने पुष्टि पदमार्ग र पदयात्राले गरेको छ’, उनले भने, ‘पदमार्गलाई ब्यवस्थित गर्न सेनालाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ, र सहयोग गर्न तयार छ।’ कार्यक्रमलाई शुभकामना दिँदै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले पृथ्वीनारायण शाहले यात्रा गरेको एकीकरण पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिए। भीमसेन थापा गाउँपालिका उपप्रमुख बिनु वाग्लेले पदमार्गमा पर्ने, कोट, किल्ला, पाटी, पौवा संरक्षणमा गाउँपालिकाले ध्यान दिएको बताइन्। पदमार्गलाई ब्यवस्थित र व्यवसायी बनाउँदै ऐतिहासिक रुटको रुपमा विकास गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.