प्रचण्ड-नेपाल समूहले पठायो प्रधानमन्त्रीलाई संविधान

प्रचण्ड-नेपाल समूहले पठायो प्रधानमन्त्रीलाई संविधान

ताप्लेजुङ : नेकपा प्रचण्ड-नेपाल समूह ताप्लेजुङले प्रधानमन्त्री केपी ओलीलाई संविधानको एक प्रति पठाएको छ। 

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो। संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो। 

ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको पुस्तक पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए।

नेकपा अध्यक्षसमेत रहेका ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा १, २, ३, ४, ५, ६ र ७ अध्ययन गर्न प्रचण्ड–नेपाल समुहको आग्रह छ। 

वीरेन्द्रचोकस्थित पार्टी कार्यालयमा भेला भएर जिल्ला अध्यक्ष विजय प्रकाश वनेम, सचिव तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ लगायतका नेता कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए। 

केन्द्रिय संघर्ष समितिको दोस्रो चरणको कार्यक्रम अन्तर्गत विरोध कार्यक्रम गरिएको जिल्ला अध्यक्ष वनेमले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.