५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
बागलुङ : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बागलुङमा ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। बागलुङको जैमिनी नगरपालिका–८ का पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए।
स्वासप्रस्वासमा समस्या आएपछि पुस २२ गते अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरेर पोखरा पठाइएको भएपनि मृत्यु भएपछि मात्र रिपोर्ट आएको गौतमको भनाई छ।
मृतकको शव नेपाली सेनाको टोलीले बागलुङ नगरपालिका–१ निरयघाटमा सोमबार अपरान्ह अन्त्येष्टी गरेको छ। योसँगै कोरोनाका कारण बागलुङमा मृत्यु हुनेको संख्या १० पुगेको छ।
प्रतिक्रिया दिनुहोस !