बारपाकको मौलिकता गुमेकोप्रति यूरोपियन युनियनकी राजदूत चिन्तित

बारपाकको मौलिकता गुमेकोप्रति यूरोपियन युनियनकी राजदूत चिन्तित

गोरखा : यूरोपियन युनियनका राजदूत नोना डिप्रेजले बारपाकको मौलिकता गुमेकोप्रति दुःख व्यक्त गरेकी छिन् । पुनर्निर्माणपछिको बारपाकको अवस्थाको अवलोकन गर्दै उनले संवेदनशीलता नअपनाउँदा ऐतिहासिक गाउँले मौलिकता गुमाएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । 

एकै ठाउँमा करिब एक हजार घरधुरी रहेको बारपाक २०७२ सालको भूकम्पको केन्द्रबिन्दू हो । भूकम्पअघि बारपाकमा ढुङ्गा र काठले बनेका घर थिए । तर पुनर्निर्माणपछि अधिकांश घर ढलान गरेर निर्माण गरिएको छ ।

‘पुनर्निर्माणको क्रममा मौलिकता जोगाउने रणनीति नअपनाउँदा बारपाकको मौलिक सौन्दर्य गुम्यो’, राजदूत नोनाले भनिन्, ‘लाखौँ, करोडौ खर्च गरेर बनाइएका कसैका घर सहरका जस्ता ठूला छन्, कसैका काठमाथि जस्ताले बारेर बनाइएका साना छन् । एकरुपता अपनाएर निर्माण गरेको भए गाउँको मौलिक सौन्दर्य बच्थ्यो ।’ साथै आवास पुनर्निर्माणको क्रममा मापदण्ड पालना नगरिएको भन्दै उनले आलोचना गरिन् । साथै उनले यसबारे सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताएकी छन् । 

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापना परियोजनाका लागि यूरोपियन यूनियनले नेपाल सरकारलाई एक सय मिलियन डलर अनुदान दिएको थियो । सो रकमबाट निर्माण भएका निजी आवास, सम्पदा, सडक, सरकारी तथा सार्वजनिक भवनको अवलोकनका लागि इयूका नेपाल प्रतिनिधि आएका हुन् ।

अवलोकनका क्रममा स्थानीयबासीले ६५ वटा घर अझै पुनर्निर्माण नभएको भन्दै गुनासो गरेका थिए । भूकम्पको केन्द्रविन्दूमा सबै घर ध्वस्त भएता पनि तथ्यांक संकलनमा लापार्बाही गर्दा प्राधिकरणले ६५ घर छुटाएको स्थानीय वृषराज घले बताउँछन् । 

बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले ९६ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको जानकारी गराएका छन् । साथै धार्मिक, ऐतिहासिक, पर्यटकीय सम्पदा निर्माणको चरणमा रहेको, सडक, बाटो, चौतारी, सहिदपार्क बन्दै गरेको उनको भनाइ छ । 

बारपाकको पुनर्निर्माणको अवलोकनका क्रममा इयूका राजदूत नोना डिप्रेज ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.