बाबुरामले भने-  अबको प्रधानमन्‍त्री देउवा

बाबुरामले भने-  अबको प्रधानमन्‍त्री देउवा

गोरखा : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताएका छन् । 

गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने तर्कसमेत गरेका छन् ।

‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अवैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्ता मात्र बाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ । दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्’, उनले भने, ‘केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ । त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’ 

आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आए पनि आफू पदलोलुप नभएकाले दाबी नगर्ने उनले स्पष्ट पारे ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूह बीच निर्णयक सम्बन्ध बिच्छेद नहुँदा पनि समस्या लम्बिरहेको उनले बताए । ‘प्रचण्ड–नेपाल समूहले ओलीजीलाई अहिले पनि हाम्रै नेकपाको प्रधानमन्त्री हुन् भन्ने रुपमा मान्यता दिइरहेका छन्’, उनले भने, ‘पार्टीबाट निष्काशन नगरेसम्म त उनीहरुकै प्रधानमन्त्री हुन्छन् ओलीजी । त्यसैले उनीहरुको पनि अडान स्पष्ट देखिएको छैन । नेपाली कांग्रेस पनि स्पष्ट ढंगले आउन सकिरहेको छैन ।’ ठूला दलहरुको ढुलमुले प्रवृत्तिले समस्याले चाँडो निकास नपाएको उनले बताए ।

ओलीले चुनाव गराउँदै नगराउने दाबी गर्दै उनले चुनावको सपना नदेख्न आग्रह गरे । ‘ओलीजीले सबै निकाय हस्ताक्षेप गरेर बसेका छन् । त्यसैले उनले चुनाव गराउलान र नयाँ ताजा जनमतको आधारमा हस्तान्तरण गर्लान् भन्ने सपना पाल्नु बेकार कुरा हो’, उनले भने, ‘इजलास हेरफेर हुने भइरहेको छ । न्याधीशहरु विवादमा पर्ने भएकाले पछि हट्दैछन् । त्यसैले अदालतबाट धेरै आशा गर्नुपर्ला जस्तो मलाईचाहिँ लाग्दैन ।’ प्रचण्ड–माधव समूह र ओली समूहबीच छिनोफानो हुनुपर्ने उनले बताए ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.