उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण

उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा ५८ महिला र ८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ११२ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । जसमध्ये २ लाख ६२ हजार ६४२ जनाले कोरोना जितेका छन् । बुधबार थप ३८३ जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो।

नेपालमा अहिलेसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको छ । बुधबार थप ६ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ । यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६९३ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६५ जना आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.