हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बरबराउने गर्छन् : रामचन्द्र पौडेल

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बरबराउने गर्छन् : रामचन्द्र पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमनलाई सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको आरोप लगाएका छन्।

नेता पौडेलले प्रधानमन्त्री ओलीलाई इंगित गर्दै प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समय आएपछि बरबराउने गरेको टिप्पणी समेत गरेका छन्। नेता पौडेलले मंगलबार ट्वीटमा लेखेका छन्,' प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।'

सोमबार संसद विघटनविरुद्ध बालुवाटार नजिकै बृहत नागरिक आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेको थियो । 

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई देखाएर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गर्दै सडक आन्दोलन गर्दै आएको छ । साथै अन्य राजनीतिक दल र नागरिक समाज पनि निरन्तर आन्दोलित छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.