सुनसरीका चार स्थानबाट कोभिड खोप लगाउन सुरु

सुनसरीका चार स्थानबाट कोभिड खोप लगाउन सुरु

धरान : सुनसरीमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार सुनसरीको धरान, इटहरी र इनरुवामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल, इटहरी अस्पताल र इनरुवा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पहिलो चारणमा खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 

बीपी प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख र स्टाफनर्स सरसफाइ कर्मचारीले खोप लगाएको सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले बताए । विजयपुर हस्पिटलमा पनि चिकित्सक, नर्स र सरसफाई कर्मचारीहरुलाई खोप लगाइएको निर्देशक प्रभाव खतिवडाले बताए । सुनसरीका प्रजिअ पोखरेलले सुनसरीमा ५ हजार ५ सय खोप उपलब्ध भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.