यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जनालाई दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित पक्राउ गरेको छ । 

कापरको कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर उपमहानगरपालिका १० बस्ने बिचौलिया राजकिशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं भएको कागजातसहित ५० हजार रकम बरामत गरेको अख्तियारका सहायक प्रवक्ता वेदपूसाद भण्डारीले जानकारी दिए । 

दुबैलाई उक्त रकमसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.