रोल्पामा ट्याङ्कर दुघर्टनामा चालकको मृत्यु, सहचालक घाइते
![रोल्पामा ट्याङ्कर दुघर्टनामा चालकको मृत्यु, सहचालक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident-tyankar-rolpa-1_20210128105846_qxa9vkGWS1.png)
रोल्पा : रोल्पामा बिहीबार दिउँसो ना ४ ख २२५७ को ट्याङ्कर दुघर्टना हुँदा चालको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । नेपालगञ्जबाट रोल्पाको रेउघा पेट्रोल पम्पका लागि पेट्रोल र डिजेल तेल लिएर आउँदै गरेको ट्याङ्कर रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक सन्तोषकुमार केसीका अनुसार दिउँसो एक बजे ट्याङ्कर ओरालो सडकको घुम्टीमा दुर्घटना भएको हो । दुर्घटनामा परी नेपालगंज बाँकेका वर्ष ३६ चालक अर्पणचन्द्र सिंहको मृत्यु भएको हो । दुर्घटना लगत्तै चालक र सहचालकलाई प्रहरीले उद्दार गरी रेउघा अस्पताल लगेको थियो । उपचारकै क्रममा चालकको मृत्यु भएको हो ।
भारतको वहराइज जमुना-१ का वर्ष १९ का सहचालक शुनिल शंकर गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । रेउघा अस्पतालमा सहचालको प्राथमिक उपचारपछि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कर अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । माथिल्लो घुम्तीबाट पल्टिएर ट्याङ्कर तल्लो घुम्तीको सडकमा बजारिएको छ । ट्यांकर पुर्णरुपमा क्षतिग्रस्त वनेको छ । पेट्रोल र डिजेल सडकमा पोखिएको छ ।
रोल्पा नगरपालिकाको दमकलबाट पानी पुर्याएर सडक सफा गर्ने कार्य भइरहेको छ । ट्याङ्कर दुर्घटनापछि अवरुद्ध भएको सडक खुलाउने कार्य भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)