नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन।  बुधबार भने ३ जनाको मृत्यु भएको थियो।

बुधबारबाट देशभर कोरोना खोप अभियान सुरु गरिएको छ। भारत सरकारको सहयोगमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध भएपछि खोप अभियान सुरु गरिएको हो। खोपबाट नेपालमा कोरोना संक्रमण दर रोक्ने अपेक्षा लिएको छ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ। यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । जसमध्ये २ लाख ६५ हजार ३६५ जनाले कोरोना जितेका छन् । बिहीबार थप २९६ जना संक्रमणमुक्त भएका छन्।

  
यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ८८ महिला र १२५ पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका १४५ सहित २ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
 
३ हजार ७९१ जनाको स्वाब परीक्षण गर्दा २ सय १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  अहिले सक्रिय संक्रमितको संख्या भने ३ हजार २०३ छ । यस्तै ११३ जना क्वारेन्टिनमा छन् भने ३ हजार २०३ जना आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार कोरोनाका गम्भीर बिरामी १३९जनाको भेन्टिलेटरमा र २३ जनाको आइसीयूमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.