धनगढीमा प्रचण्ड-नेपाल र ओली समूहबीच तनाव

धनगढीमा प्रचण्ड-नेपाल र ओली समूहबीच तनाव

काठमाडौं : धनगढीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल र केपी ‌ओली समूहका कार्यकर्ताबीच तनाव भएको छ। प्रधानमन्त्री केपी ओली समूहका अनेरास्ववियुका संयोजक कुमार बढेलाको गाडीको साँचो प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले खोसेपछि झडपको अवस्था सृजना भएको हो। धनगढीमा दुबै पक्षका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।

प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले विभिन्न ठाउँमा टायर बालेर प्रदशर्न गरिरहेका छन्। उनीहरुले मुख्यमन्त्री कार्यालय, ट्राफिक चोकलगायत मुख्य बजारमा सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।

यता ओली पक्षका कार्यकर्ता भने बन्द गराउन पाइँदैन भन्दै आमहडतालको विरोधमा प्रदर्शन गरिरहेका छन्। केही समयअघि दुवै पक्षका कार्यकर्ताबीच ट्राफिक चोकमा जम्का भेट हुँदा सामान्य झडप भएको थियो। प्रहरीले हस्तक्षप गरेर भीड नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले दुवै समूहलाई भेट्न दिएको छैन। कुनै अप्रिय घटना हुन नदिन धनगढीमा  ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

धनगढीबाट संघीय राजधानी चल्ने र छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् । सुदूरपश्चिमका पहाडि जिल्लाको यातायात पनि ठप्प रहेको छ । धनगढी र आसपासका जिल्लाका शैक्षिक संस्था पनि बन्द छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.