बलात्कार मुद्दा: उजुरीकर्तालाई कैद, आरोपित रिहा

बलात्कार मुद्दा: उजुरीकर्तालाई कैद, आरोपित रिहा

राजविराज: झुठा जाहेरी दिने र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेपछि बुधबार सप्तरी जिल्ला अदालतले एक जाहेरवालालाई नै कैद सजाय र जरिवाना गरेको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले बलात्कार मुद्दामा झुठा उजुरी दिने महिला जाहेरवालालाई एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

जाहेरवालाले आफ्नी १६ वर्षीया छोरीलाई ०७७ भदौ २० गते सप्तरीको खडक नगरपालिका–११ का १८ वर्षीय तेजनारायण साहले बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएकी थिइन् । इलाका प्रहरी कार्यालय कञ्चनरूपले पीडितको स्वास्थ्य परीक्षण गर्नुका साथै साहलाई भदौ २१ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दामा कारवाही थालेको थियो ।

अदालतको आदेश बमोजिम ०७७ असोज १६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएका साह भने निर्दोष साबित हुँदै बुधबार नै रिहा भएका छन् ।

साथी अनील साहसँगै खाना खान पीडितको घर गएका परिचित साहले कोठामा कोही नभएको मौका छोपी बलात्कार गरेको पीडितले समेत प्रारम्भिक वयान दिएकी थिइन् । तर अदालतको थुनछेक आदेशबमोजिम आरोपित कारागारमा थुनामा पुगेपछि पीडित र पीडितकी आमा होस्टाइल भएकी छन् । उनीहरुले पछिल्लोपटक आफूहरुले प्रहरीमा उजुरी नदिएको, आफूले सहीछाप नगरेको, आरोपितले बलात्कार नगरेको जस्ता उल्टा वयान दिएका छन् ।

पाँच महिनादेखि चिनजान भई घरकोठामा सँगै बसेको बेला पीडितका परिवारले थाहा पाएर विवाह गर्न दवाव दिएको र नमान्दा प्रहरीमा झुठा उजुरी गरेको आरोपितले सुरुदेखिनै बताउँदै आएका थिए । चिनजानका आधारमा ओभरसियर अध्ययनरत सहलाई खाना खान घर बोलाएर विवाह गर्न दवाव दिएको तथा सो दवाव नमाने पछि प्रहरीमा बलात्कारको झुठा उजुरी गरेको साहका बुवा श्रवण साहले बताए ।

जबर्जस्ती करणीका हकमा उजुरी गर्ने र बकपत्र गर्नेले झुठा विवरण दिए वा लेखाएमा कानुनले सजायको व्यवस्था गरेको छ । झुठा जाहेरी दिने र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेपछि यस सम्बन्धी कानुन बनेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.