जनयुद्ध दिवसमै पूर्वजनमुक्ति सेना ओली पक्षमा : भेलामै रोए मन्त्री र पूर्वलडाकु

जनयुद्ध दिवसमै पूर्वजनमुक्ति सेना ओली पक्षमा : भेलामै रोए मन्त्री र पूर्वलडाकु

बुटवल : फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो। शनिबार २५ वर्ष पुरा भएको छ। जयुद्धमा लडेका कोही सरकारमा छन्, कोही सडकमा र कोही राजनीति नै छाडेर आफ्नै जिन्दगी जिइरहेका छन्। कतिले ज्यान गुमाए, कति मृत्यु र जीवनको दोसाधमा छन्।

माओावादी शान्ति प्रक्रियामा आएपछि अधिकांश जनमुक्ति सेना अयोग्य बनेर बाहिरिए। नेपाल कम्युनिस्ट पार्टी दुई धार भइरहेका बेला पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डलाई छाडेर जनमुक्ति सेना केपी ओली पक्षमा लागेका छन्। उनीहरुको आरोप छ, ‘सुप्रिमो प्रचण्डले जनयुद्धको म्याण्डेटलाई धोका दिए। स्वार्थ केन्द्रीत बने।’

बुटवलमा शनिबार आयोजित राष्ट्रिय भेलामा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका करिव ६ सय पूर्वलडाकु सहभागी थिए। सो भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट थिए।

जनमुक्ति सेनाका पूर्वकमाण्डर एवं मन्त्री भट्टले प्रचण्डकै कारण सयौं जनयोद्धा निराश भएको बताए। ‘प्रचण्डले जनयुद्धमा मरेका ५ हजारको जिम्मा लिन्छु भनेर कायरता देखाए, उनले भने, ‘जनयुद्धमा १७ हजारले ज्यान गुमाएका हुन, उनले जिम्मा नलिए मैले लिन्छु।’ परिवार र स्वार्थ केन्द्रीत हुदाँ प्रचण्डले योद्धालाई भुलेको उनले बताए। उनले लडाकु शिविरमा भएको आर्थिक अनियमितताको प्रसंगलाई कोट्याए। 

भाषण गरिरहदा भट्ट पुराना दिन सम्झिएर भावुक बने। मञ्चमै बसिरहेका अर्का कमाण्डर एवं मन्त्री रायमाझीले चस्मा निकालेर आँसु पुछे। सभामा सहभागी अधिकांश पूर्वलडाकुका आँखा रसाए। कतिले आँसु पुछे। कति सम्हालिएर बसे।

काखमा सन्तान छोपेर बसिरहेकी बर्दियाकी पूर्वलडाकु रुबी थारुका आँखामा पनि आँसु टिलपिल थिए। उनले भनिन्,‘भाषण सुन्दै आएको धेरै भयो। आश्वासन मात्रै आउछन्। केही काम भएको छैन।’

पाल्पाको युद्धमा बम लागेर घाइते भएका संगम आचार्य खुट्टा पसारेर बसिरहेका थिए। पिठ्युमा बमले लाग्दा उनको दाइने खुट्टामा समस्या छ। ‘को नेतालाई विश्वास गर्नु। भाषण सुन्ने मात्रै भयो। सरकारले गर्छु भनेको छ। केही गर्‍यो भने पत्याउला।’

जनयुद्धका कमाण्डर मन्त्री रायमाझीले प्रचण्डले लडाकुको नाममा रकम बुझेर उनीहरुको पेटमा लात्ती हान्ने काम गरेको आरोप लगाए। ‘मसिनो हिसाब गर्दै गरौंला १९ अर्ब रकम कहाँ गयो ? उनले प्रश्न गरे। शिविरमा १९ हजारलाई राखेर ३४ हजारको रकम निकासा भएको भन्दै उनले हिसाव मागेका हुन्।
जनयुद्धको सुुप्रिमो रहेका प्रचण्डले दुई पटक प्रधानमन्त्री हुँदासमेत योद्धाको विषयमा कुनै काम नगरेको उनले बताए। रायमाझीले कसैको बहकाउमा लागेर फेरि प्रचण्डकै पछि नलाग्न लडाकुलाई आग्रह गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लडाकुको सम्मानजनक व्यवस्थापन र रोजगारीका लागि सरकारले काम गरिरहेको बताए। बुटवलमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले सम्मान स्वरुप परिचय पत्र लडाकुलाई प्रदान गरिने बताए। उनले पूर्व जनमुक्ति सेनाको उचित व्यवस्थापन हुने आश्वासनसमेत दिए।

पूर्व जनमुक्ति सेनाका संयोजक दुर्गाप्रसाद चौधरीले प्रचण्डले पटक पटक धोका दिएको बताए। प्रधानमन्त्री केपी ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले यो समूहमा आएको उनको भनाइ छ। ‘जसले जनमुक्ति सेनाको उचित संरक्षण गर्छ हामी उतै हुन्छौं,’ उनले भने।

राष्ट्रिय भेलामा सहभागि पूर्व जनमुक्ति सेना।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.