सडकले समृद्धि

सडकले समृद्धि

चितवन : सडक सञ्जालको निर्माणले तीव्र गति पाएको भरतपुर महानगरपालिकामा पछिल्लो तीन (वर्षमाकरिब तीनसयकिलोमिटर सडक कालोपत्रे भए। यो बीचमा भएका पुराना र केही नयाँ सडकको विस्तारले प्राथमिकता पायो। विकासमा नागरिकको पहँुच बढाउन पनि महानगरले सडकसञ्जाल जोड्ने कामलाई प्राथमिकता दियो। 

अहिले महानगरका अधिकांश सडक कालोपत्रे भएका छन्। मुख्य राजमार्गदेखि भित्री सडकहरूको मुहार फेरिएको छ। भित्री तथा बढी प्रयोग हुने सडक कालोपत्रे भएका छन्। महानगरमा  कालोपत्रेको काम तीव्र पारिएको छ। ग्रामीण भेगका बासिन्दा अधिकांशको घर अगाडि पिचबाटो बनेको छ।

महानगरले कालोपत्रे गरेर धुलोमुक्त सडकको अभियानमा जोड दिएको छ। महानगरपालिका, सांसद विकास कोष, सहरी विकास मन्त्रालय तथा सडक डिभिजन कार्यालयले महानगरको सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन्। गाउँगाउँकाभित्री सडकहरू कालोपत्रे भएका छन्। घर अगाडिका बाटाहरूको अवस्था फेरिँदा नगरवासी दंग छन्।  

महानगरपालिकाका अनुसार तीन वर्षमा झन्डै तीन सय किलोमिटर सडक कालेपत्रे भएको छ। १ सय ९४ किलोमिटर सडक मर्मत गरिएको छ। यो आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्रे बन्दैछ। ३ सय ८९ किलोमिटर सडकमा उच्चस्तरीय ग्राभेल भएको छ। 

यो वर्ष डेढ सय किलोमिटर सडक उच्च स्तरको बनाइँदैछ। हरेक वडामा कालोपत्रे गर्ने काम भएको छ। गुञ्जनगरका ऋषिकेश अधिकारीले गाउँगाउँमा सडक भएपछि सुविधा भएको बताए। ‘महानगर भएपछि अहिले हरेक टोलका बाटाहरू पिच भएका छन्’, उनले भने ‘जिल्लामा जाँदा होस् या भित्री गाउँमा सरर हिँड्न पाइएको छ।’ 

सडक सञ्जाल विस्तारमा महानगरको आफ्नै बजेटको अलावा संघीय र प्रदेश सरकारको बजेट पनि लगानी छ। महानगरको समन्वयमा सहायक र हुलाकी राजमार्गको निर्माण तीव्र पारिएको छ। महानगरको गौरवको आयोजनाको रूपमा पुल्चोक गोन्द्राङ ६ लेनको सडक हो। १ अर्ब १२ करोडको लागतमा नारायणगढको पुल्चोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्मको सडकलाई ६ लेन बनाउने काम पनि सुरु भएको छ। 

महानगरको गौरवको आयोजनाको रूपमा पुल्चोक गोन्द्राङ ६ लेनको सडक हो। १ अर्ब १२ करोडको लागतमा नारायणगढको पुल्चोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्मको सडकलाई ६ लेन बनाउने काम पनि सुरु भएको छ।

आयोजनाको ठेक्का एन्डो सगुन रौताहा जेभीले पाएको छ। भरतपुर महानगरपालिकाले सुरुआती समयमा यसको पहल थालेको हो। प्रधानमन्त्री केपीशर्मा ओलीले माघको दोस्रो साता सो आयोजनाको शिलान्यास गरेका थिए। ६ लेनको सडक निर्माणपछि महानगरको सौन्र्दयता बढ्ने विश्वास गरिएको छ। 

त्यस्तै, चार लेनको आँपटारीदेखि केन्द्रीय बसपार्क चोकसम्मको बाटोको स्तरोन्नतितीव्र गतिमा भइरहेको छ। हाकिमचोकदेखि जगतपुरसम्मको सात मिटरको बाटो कालोपत्रे गरिँदैछ। मुख्य बजारमा ढल र पेटी निर्माण गरेर नमुनाबनाउन लागिएको महानगरले जनाएको छ। त्यस्तै रामपुर मेघौली सहायक राजमार्गको स्तरोन्नतिको पनि थालिएको छ। बहुवर्षीय आयोजनाअन्तर्गत यसवर्ष चनौलीबाट मेघौलीको लागि तीन करोड बजेट ठेक्का भएको छ। 

महानगरले रिङरोड र त्यसलाई जोड्ने लिङरोडलाई उच्च प्राथमिकतामा राखेको छ। महानगरलाई घेरिने गरी ९५ किलोमिटरको रिङरोडको अवधारणा हो। राप्ती र नारायणीको छेउबाट महानगरमा रिङरोड बनाउन लागिएको हो। रिङरोड आयोजनाअन्तर्गत सुरुआती चरणमा जगतपुरबाट शुक्रनगरसम्मको १० किलोमिटर र पुल्चोकदेखि वडा कार्यालयसम्मको करिबडेढ किलोमिटर बाटो बनाउन लागिएको छ। 

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत पनि सडक निर्माण तथा स्तरोन्नतिको काम भएका छन्।  मंगलपुरदेखि फूलबारी हुँदै तेलौलीसम्मको प्रचण्ड मार्गको २१ किलोमिटर पनि कालोपत्रेको अन्तिम तयारीमा छ। महानगर प्रमुख रेनु दाहालले उपयोगिताको आधारमा अधिकतम सडक कालोपत्रे गर्ने अभियानमा रहेको बताइन्। ‘विकासको पहिलो आधार नै सडक हो, हरेक नागरिकको पहुँच र सुविधाको लागि सडक चाहिन्छ’, दाहालले भनिन् ‘महानगरमा बनेका सडकले जनताको जीवनस्तर फेरिएको छ, समग्र महानगरको मुहार बदलिएको कुरा हामीले भनेर होइन जसले पनि देखेर भन्न सक्छ।’

भरतपुरको चौबिसकोठीबाट गितानगर जगतपुरको बाटोको स्तरोन्नति भएको छ। यसै वर्ष पकौडी बजारदेखि भरतपुरको अन्तिम सीमाबिन्दु कसरा पुलसम्म सडक कालोपत्रे गरिएको हो। गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकको स्तरोन्नतिले नागरिकलाई सहज बनाएको छ। सडक बिग्रिँदा सडक छेउमा रहेका घरहरू धुलाम्य हुन्थे। 
धुलोले स्वास्थ्यमा असर गरेको गुनासो गर्ने नगरवासी अहिले खुसी छन्। बाटो बिग्रिएर दुःख पाएको बाटोमा नागरिकले सहज यात्रा गर्न पाएका छन्। भरतपुर–रामपुर–चनौली–मेघौली सडकको अवस्था फेरिएको छ। उक्त सडकपश्चिम चितवनको सबैभन्दा बढी प्रयोग हुने सडक हो। करिब डेढ घण्टा लाग्ने सडकस्तरोन्नतिपछि अहिले २० मिनेटमा आवतजावत गर्न सकिन्छ। 

पश्चिम चितवनका अधिकांश जनताले यही सडक प्रयोग गर्छन्।रिङरोडलाई जोड्ने लिंकरोडको काम पनि धमाधम अघि बढेको छ। भरतपुरले सडक सञ्जालमा एउटा फड्को मारेको उपप्रमुख पार्वती शाहको दाबी छ। ‘सदरमुकाम जोड्ने ३० किलोमिटरको बाटोमा दुई घण्टा लाग्ने अवस्था थियो, अहिले आधा घण्टामा आइपुगिन्छ’, शाहले भनिन् ‘विकास निर्माणको अभियानमा जनप्रतिनिधि  एकढिक्का भएकै कारण अवस्था फेरिएको हो।’

महानगरपालिकाभित्रका सडकलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन खण्डमा विभाजन गरिएको छ। सडक अधिकार क्षेत्र ५० मिटरसम्म भएका राजमार्गका सडकलाई ‘ए’, १६ मिटरसम्म भएका सडकलाई ‘बी’ र ६ मिटरदेखि १६ मिटरसम्मका सडकलाई ‘सी’ भनेर वर्गीकरण गरिएको छ। केन्द्र, प्रदेश र स्थानीय सरकारले यो सडकलाईप्राथमिकता दिएर बजेट केन्द्रित गरेका छन्। महानगरका योजना शाखा प्रमुख असीम रेग्मीले महानगरमा सडकको स्तरोन्नतिको काम तीव्र गतिमा भएको बताए। ‘अहिले पनि दैनिक सय वटाभन्दा बढी सडक निर्माणको फाइल आउँछन्’, रेग्मीले भने, ‘नागरिक पनि सडक नै बनोस् भन्ने चाहन्छन्।’ 

हरेक वडामा १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएका छन्। सडकको पहुँच बढेसँगै जनताको आयस्तर बढेको महानगरको दाबी छ। कृषक र अन्य व्यवसायीको सोझै बजारसँगको पहुँच बढेकोमहानगरको भनाइछ। पछिल्लो पटक महानगरमा बसाइँसरी आउनेको आकर्षण बढ्दोछ। सडक डिभिजन भरतपुर र सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत सहरी विकास मन्त्रालयअन्तर्गत थुप्रै काम भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.