५६ वर्षदेखि फरार अभियुक्त पक्राउ

५६ वर्षदेखि फरार अभियुक्त पक्राउ

राजविराज: डाँका र जालसाजी कसुरमा ५६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

डाँका कसुरमा १० वर्ष कैद र जालसाजी कसुरमा छ महिना कैद सजाय ठहर भएका सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

सप्तरी जिल्ला अदालतमा आइतबार पेश भएका यादवलाई कैद भुक्तानीको लागि आइतबार नै राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । फरार सूचीमा रहेका यादवलाई प्रहरी चौकी पकरीबाट खटी गएको प्रहरी टोलीले घरमै रहेको अवस्थामा पक्राउ गरेको हो ।

सप्तरी जिल्ला अदालतका अनुसार यादवलाई जालसाज कसुरमा २०२१ जेठ १९ गते ६ महिना कैद र डाँका कसुरमा २०२३ भदौ ३ गते १० बर्ष कैद सजायको फैसला भएको थियो । महादेवा गाउँपालिका–१ पकरीका सुरैतलाल यादवको जाहेरीले ५६ वर्ष अघि नै कैद सजाय ठहर भए पनि यसअघि प्रहरीले फरार अभियुक्त गाउँघरमा नरहेको भन्दै प्रतिवेदन बुझाउँदै आएको थियो ।

फरार सुचीमा रहेका अभियुक्तहरुलाई खोजतलास गरी पक्राउ गर्दै अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्र्तगत यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.