बलात्कार आरोपित युवक पक्राउ

बलात्कार आरोपित युवक पक्राउ

राजविराज: युवतीमाथि बलात्कार गरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकास्थित एक युवक पक्राउ परेका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेलगत्तै पत्रकार सम्मेलन गरी प्रहरीले आरीपीलाई सार्वजनिक गरेको हो । अदालतले ०७७ कात्तिक ५ गते पक्राउ पुर्जी जारी गरे पनि फरार रहेका आरोपितलाई घर आएका बेला पक्राउ गरिएको हो । आरोपित दुई सन्तानका बाबु हुन् ।

पीडित युवतीले आफूमाथि बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा असोज २९ गते उजुरी दिएकी थिइन् । पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत ०७७ कात्तिक ३ गते उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते स्वास्थ्य परीक्षण गराउँदा २६ हप्ताको गर्भवती देखिएपछि सोही दिन उजुरी दर्ता गरिएको थियो । पीडित गर्भवतीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक १५ गते छोराको जन्म दिएकी छिन् । उनी माइतमै बसेकी छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.