सुनसरीमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड
धरान : सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको बोर्ड राखेको इनरुवास्थित कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।
एमालेको बोर्ड राखिएपछि पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला नेता अंकमाल गर्दै आ- आफ्नो कित्तामा फर्केका छन्। एमालेको पार्टी कार्यालयमा पूर्व माओवादीका नेता कार्याकर्ताले समेत उपस्थित जनाएका थिए ।
कार्यक्रममा सर्बोच्चको फैसलालाई स्वीकार गर्दै दुबै दलका नेताहरुले सहमति सहकार्य र एकतालाई जोड दिँदै आफूहरु अलग भएको बताए । पूर्व माओवादीका पप्पु मण्डल र एमालेका अध्यक्ष रमेश बस्नेतले अंगमाल गर्दै विदा भए । विदाइ कार्यक्रममा बोल्दै एमाले सुनसरी अध्यक्ष बस्नेतले अबको आवश्यकता सबै कम्युनिस्टहरु एक ठाउँमा आउने बाटो अझै खुल्ला रहेको बताए ।
उनले परिस्थिति बस साविकक दुई पार्टीको विछोडलाई आफूहरुको चाहना नभए पनि बाध्यताबस भएको भन्दै फेरि पनि पार्टी एकतालाई अगाडि बढाउन सकिने बताए ।माओवादीका अध्यक्ष मण्डलले पनि एमालेसँग खलग भएपनि सहमति र सहकार्यमा आफूहरु प्रतिबद्ध भएको बताए ।
सुनसरीमा एमालेले इनरुवा, इटहरी र धरानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिसकेको छ । तीनवटै स्थानमा एमालेका पहिल्यै पार्टीकार्यालय थिए । माओवादीले भने धरानमा माओवादी केन्द्रको बोर्ड राखेको छ ।
धरानमा पूर्वमाओवादीले आफ्नै भवन बनाएको थियो । अन्य स्थानमा समेत पार्टी कार्यालय स्थापना गरी पार्टीको दैनिक काम कारवाही तत्काल सूचारु गरिने माओवादी केन्द्रकी जिल्ला सदस्य लक्ष्मी प्रधानले बताएकि छिन् ।
प्रतिक्रिया दिनुहोस !