सहकारीले चलायो होटल

सहकारीले चलायो होटल

बेनी : उद्धार पर्यटन सहकारी संस्थाले म्याग्दीको अन्नपूर्ण –५ खोपारामा होटल सञ्चालन गरेको छ।  खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको सहकारीले नयाँ पदमार्ग सुरु गर्ने तयारी गरेको छ। पर्यटनको लाभ समुदायमा पुर्‍याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताए। 

‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौं’, उनले भने ‘पाउद्वारलाई केन्द्रित गरेर वरपरका पर्यटकीयस्थललाई समेटेर नयाँ पदमार्ग सञ्चालनको तयारी गरेका छौँ।’यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो। 
होटलका संरचनाको मूल्यांकन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता भएको छ। 

अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक दर्ता भएको सहकारीमा हाल पाउद्वारका १सय२३ जनाले ८८ लाख रुपैयाँ सेयर लगानी गरेका छन्। गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारी मार्फत गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.