बीपीका चिकित्सक आन्दोलित

बीपीका चिकित्सक आन्दोलित

धरान : झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयको क्षेत्राधिकार बाहिर गएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं विश्वविद्यालयबीच गरिएको गोप्य समझौताको विरोध गर्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएका छन् । 

स्वास्थ्य मन्त्रालयअन्र्तगत रहेको प्रतिष्ठानलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालयको सभामा ठाडो प्रस्ताव लगि बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारी आइतबारदेखि आन्दोलिन भएका हुन्।

शिक्षामन्त्री श्रेष्ठले गत बुधबार बीपी प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी र काठामाडौं विश्वविद्यालयका उपकुलपती डा. भोला थापालाई मनत्रालयमा बोलाई समझदारी पत्रमा विएण्डसीलाई सम्बन्धन दिन हस्ताक्षर गराएका थिए । उक्त समझादारी पत्र गोप्य राखिएको भन्दै प्रतिष्ठानका चिकित्सकले उपकुपती गिरीको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

बिएण्डसीलाई सम्बन्धन दिने समझदारीपत्रमा तत्काल काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि परीक्षा, निरीक्षण प्रतिवेदन प्रतिष्ठानले तयार गर्ने उल्लेख गरिएको छ । 

प्रतिष्ठानले आफ्नो ऐन संशोधन गरेर सम्बन्धनको बाटो खोलेपछि काठमाडौं विश्वविद्यालयमा रहेको सम्बन्धनलाई धरानमै सार्ने समेत सहमतिपत्रमा उल्लेख गरिए पश्चात प्रतिष्ठानका चिकित्सकले आपत्ती जनाएका छन् । 

प्रतिष्ठानको मेडिकल तथा डेण्डल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पखरेलको नेतृत्वमा चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले उपकुलपती गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर विरोध जनाएका छन् । 

शिक्षामन्त्रालयमा गरिएको गोप्य सहमति खारेज नगरिए आन्दोलन शसक्त बनाउने चिकित्सकले चेतवनी दिएका छन् । समाजका अध्यक्ष पोखरेलले उपकुलपती गिरी प्रतिष्ठानको उपकुलपती भएर आएपछि प्रतिष्ठानको हितमा भन्दा पनि अहितमा काम गरेका कारण प्रतिष्ठानको अवस्था धरासायी बनाएको आरोप लगाए ।

उनले कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन प्राज्ञहरुको सुझावका आधारमा दिनुपर्ने भएपनि प्रधानमन्त्रीले आमसभामा बोलेको भाषणका आधारमा शिक्षामन्त्रीले दबाब दिएर बिएन्डसीलाई सम्बनधन दिन लागिएको प्रक्रिया अत्यन्तै गलत भएको बताए ।

कुनैपनि मेडिकल कलेजलाई अनुमति दिँदा ऐन, नियम र प्राज्ञिक संस्थाको क्षेत्राधिकार भित्र रहेपनि गलत बाटोबाट बिएन्डसीलाई सम्बन्धन दिन लागिएको पाखेरेलले बताए । उनले सरकारले बिएण्डसीलाई सम्बन्धन दिएर बीपी प्रतिष्ठानलाई समेत धरासायी बनाउन खोजेको आरोप लगाए । 

समाजका महासचिव सूर्यप्रसाद रिमालले प्रतिष्ठानका उपकुलपती गिरीले मोरङको सुन्दरहरैचामा भएको प्रतिष्ठानको जग्गा समेत अवैध तरिकाले प्रदेश सरकारलाई दिएको आरोप लगाए ।

उनले प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको काम गर्न छाडेर क्षेत्रअधिकार बाहिर गएर काम गर्दा प्रतिष्ठानकै गरिमामाथि आच आएको बताए । रिमालले मन्त्रालयमा गरिएको सहमति प्रतिष्ठानको कार्यकारीणि समिति बैठकबाट अनुमोदन नगर्न समेत आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.