भुक्तानी रोकिँदा किसान मारमा

भुक्तानी रोकिँदा किसान मारमा

इलाम : नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले किसानबाट खरिद गरेको दूधको भुक्तानी तीन महिनादेखि रोक्दा प्रदेश १ का हजारौं दुग्ध उत्पादक कृषक समस्यामा परेका छन्। 

डीडीसीको विराटनगर आयोजनामा मात्रै अहिले पनि दैनिक ३० हजारभन्दा माथि लिटर दुग्ध इलाम, धनकुटा र तेह्रथुम, भापा लगायत जिल्लाबाट जाने गर्छ। यो करिब १४ लाख १० हजार रुपैयाँ दुग्ध हो। डीडीसीको विराटनगर आयोजनाका प्रमुख गणेश यादवले विराटनगर आयोजनाले मात्रै ८ करोड रुपैयाँ किसानको दुग्धको भुक्तानी दिन बाँकी रहेको बताए। 

आयोजनाले मंसिरपछि किसानको दूधको भुक्तानी दिन नसकेको सूर्योदय नगरपालिका–११ स्थित भवानी दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक दुर्गा खतिवडाले बताए। प्रत्येक १५ दिनमा दूधको रकम भुक्तानी गर्ने डीडीसीले समयमा भुक्तानी गर्न छोडेपछि ग्रामीण कृषक प्रत्यक्ष प्रभावित भएको खतिवडाले बताए।  सूर्योदयकै तीनघर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक कुमार रेग्मीले डीडीसीकै कारण किसान निजी डेरीमा दूध बेच्ने अवस्थामा पुगेको बताए। उनले भने, ‘सहकारीले बचत मासेर किसानलाई दूधको रकम भुक्तानी गर्ने अवस्था भएको छ।’  दुग्ध पाउडर र घिउ बिक्री नभएकाले किसानको रकम भुक्तानी गर्न नसकेको प्रमुख यादवले बताए।

उनका अनुसार विराटनगरको आयोजना कार्यालयमा मात्रै १ हजार चार सय मेट्रिक टन दुग्ध पाउडर र ८ सय मेट्रिकटन घिउ स्टकमा छ। यो एक अर्बभन्दा माथिको सामान हो। यादवले भने, ‘गर्मी बढेपछि दूधको माग बढ्ने भएकाले अब केही समयमै संस्था किसानको दूधको मूल्य भुक्तानी गर्ने अवस्थामा पुग्नेछ।’ 

उनका अनुसार कात्तिकदेखि माघसम्म दूध उत्पादन उच्च हुने गर्छ। चैतदेखि भदौसम्म दूधको माग निकै उच्च हुने भएकाले अब मौज्दात घटेसँगै संस्थानले किसानको दूधको रकम भुक्तानी सुरु गर्नेछ।  दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्र पौड्यालले समेत केही दिनमा किसानको रकम भुक्तानी गर्ने प्रयास जारी रहेको बताएको दुग्ध सहकारी जिल्ला संघ इलामको अध्यक्ष हेम कट्टेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.