भागरथी हत्या प्रकरण : अभियुक्तले फेरे बयान

भागरथी हत्या प्रकरण : अभियुक्तले फेरे बयान

महेन्द्रनगर : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणका अभियुक्तले भागरथीको हत्या नगरेको बताएका छन्। 

डोटीको सिलगढीमा रहेको सुधारगृहमा रहेका अभियुक्त किशोरले आफैंले हत्या नगरको भन्दै बोली फेरेका छन्। सुधार गृहमा रहेका छोरालाई भेटेपछि उनका बुवा दीपकले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै बलात्कार र हत्या नगरेको दाबी गरेका हुन्। ‘भागरथीको हत्या र बलात्कार गर्ने व्यक्ति मैंले चिनेको छु, विद्यालयबाट आउने बेला मैले बलात्कार गरिरहेको देखे। छोराको भनाइ उद्धृत गर्दै दीपकले भने, ‘कसैलाई भनिस् भने तेरा बुवा र भाइलाई पनि मारिदिन्छु भन्दै चक्कु देखाएर धम्की दिएपछि अपराध स्वीकारेको हुँ।’ 

यसअघि अभियुक्त किशोरले प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधीशलाई दिएको बयानका बेला दीपक पनि सँगै थिए। त्यतिबेला उनले बुवाकै सामुन्ने भागरथीको हत्या र बलात्कार आफैंले गरेको बयान दिएका थिए। हत्या र बलात्कारमा वडा कार्यालयका कर्मचारी संलग्न रहेका भन्दै नामै किटेर पत्रकार सम्मेलनमा बताए। ‘उसले (छोराले) एकजना वडा कार्यालयका कर्मचारीलाई चिने भन्छ, अर्को दारी पालेको तर मास्क लगाएको हुनाले चिनिन भन्छ’, उनले भने। 

शुक्रबार आफ्ना काका शंकर भट्टलाई फोनमा अभियुक्तले यस्तो भनेपछि, बुवासहितका आफन्त शनिबार सुधार गृह गएका थिए। भागरथी हत्यापछि दीपक बैतडीको दोगडाकेदार गाउँपालिका–७ बाट कञ्चनपुरको महेन्द्रनगरस्थित भाइको घरमा सरेका छन्। छोराको सुरक्षा सुनिश्चित गरेर फेरि घटनाको अनुसन्धान हुनुपर्ने दीपकको भनाइ छ। 

तर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी भने अब बयान फेर्नुको कुनै औचित्य नरहेको बताउँछन्। ‘प्रहरीको अनुसन्धान सकिएर मुद्दा जिल्ला अदालतमा विचाराधीन छ, अब सबै कुरा अदालतको हातमा हुन्छ’, उनले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.