अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धत्ति (आइएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार विमानस्थलमा भिजिबिलिटी कम हुँदा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ आइएफआर उडान मात्रै भइरहेको छ।

यसअघि शुक्रबार बिहान केही सङ्ख्यामा उडान भए पनि मध्याह्नपछि उडान प्रभावित भएको थियो। विमानस्थलले करीब दुई घण्टा प्रभावित भएको उडान साँझदेखि आइएफआर उडान खुलाइएको थियो। 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि अहिले १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन्।
    
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ। विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.