नेप्सेमा झिनो वृद्धि : बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

नेप्सेमा झिनो वृद्धि : बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

काठमामडौं : आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार भने झिनो अङ्कले बढेको छ। 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ बिन्दुले बढेर ४७१.८४ मा पुगेको छ। 

कूल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर रु सात अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ मा खरिद बिक्री भयो। सोमबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ। नेप्सेका अनुसार बजार पूँजीकरण रु ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार बराबर भएको छ। 

कारोवार भएका कूल १३ मध्ये आज सात उपसमूहको शेयर उकालो लागेको छ। त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६.६१, जीवन बीमा ३८.९६ र लगानी ०.८६ बिन्दुले ओरालो लागेको छ। 

यस्तै, व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ। कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३४ करोड ७५ लाख ६८ हजार ९३ बराबरको कारोवार भयो। यस्तै, आइएमई जनरल इन्स्योरेन्स रु ३१ करोड ३४ लाख ९६ हजार १७४, नेपाल पूर्वाधार बैंक रु २८ करोड ९४ लाख ६३ हजार ८२८, हिमालयन जनरल इन्स्योरेन्स रु २५ करोड २५ लाख ५२ हजार २९०, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड पाँच लाख ५० हजार ६२९, नबिल बैंक रु १५ करोड ५६ लाख ३९ हजार ६१९, चन्द्रागिरि हिल्स रु १५ करोड १८ लाख ९२ हजार १९६, एनआइसी एशिया बैंक रु १५ करोड एक लाख ६१ हजार १२९, नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ७९७ र रसुवागढी हाइड्रोपावर रु १३ करोड ७१ लाख २८ हजार ९४१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन्। 

कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए। 

यस्तै, गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए। आजको कारोवार पछि पनि नेप्सेले नयाँ उचाईको यात्रा भने कायम नै राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.