'म्यान्मारको घटनाप्रति सरकार चिन्तित छ'

'म्यान्मारको घटनाप्रति सरकार चिन्तित छ'

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल, उच्चस्तरीय सहमति र सम्झौताले सम्बन्धलाई थप उचाइमा लैजान तथा आर्थिक साझेदारी र व्यापार प्रवद्धर्नका निम्ति ठोस उपलब्धी हासिल भएको स्पष्ट गरे।
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत ९ र १० गते बङ्गलादेशको दुई दीवसीय राजकीय भ्रमण गरेका थिए। भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले बङ्लादेशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेतासँग दुई पक्षीय विषयमा केन्द्रित रही विचार विमर्श गरेका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका अवसरमा नेपाल र बङ्गलादेशका राष्ट्र प्रमुखबीच भएका दुई पक्षीय छलफल र सम्झौता तथा राजनीतिकस्तरमा गरिएका समझदारीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सहयोग पुगेको सदनलाई जानकारी गराए।

भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच भएको दुई पक्षीय वार्तामा आर्थिक साझेदारी विकासमा ठोस कदम चाल्ने, दुई देशबीच व्यापार प्रवद्र्धन साझेदारी, सन्तुलित व्यापार तथा पारवहन, सडक र हवाई यातायातलगायतका पूर्वाधारको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा सहमति भएको उनले जानकारी दिए। त्यस्तै नेपाल ऊर्जामा क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख भएको र ऊर्जा बजारको खोजीसहित त्यसको व्यापारका सम्बन्धमा पनि दुई देशको नेतृत्वबीच ठोस कुराकानी भएको उनले बताए।

भ्रमणको अवसरमा बङ्गलादेशले नेपाललाई उपलब्ध गराउँदै आएको पारवहन सुविधालाई थप विस्तार र स्तरोन्नति गर्ने, पर्यटन प्रवद्र्धन, संस्कृति आदान–प्रदान हवाई यातायातमा साझेदारी, विभिन्न विषयका अध्ययनमा दुबै देशले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा जलवायु परिवर्तनको उच्च जोखिम न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय समाधानबारे छलफल भएको मन्त्री ज्ञवालीले बताए।

मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच महत्वपूर्ण चार विषयमा सम्झौता भएका छन्। जसअनुसार बंगलादेशबाट भारतको पश्चिम बंगाल हुँदै नेपालको सीमा नाकासम्म करिब ३२५ किलोमिटर दूरीको पारवहन मार्ग उपयोग गर्नसक्ने गरी रेल्वे मार्ग निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। त्यसैगरी दुबै देशका पर्यटन बोर्डलगायत अन्य निकायबीचको सहयोग आदान–प्रदान गरी दुबै देशका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्ने र लामो समय छुट्टी दिएर एक–अर्को देश भ्रमणमा प्रेरित गर्ने सहमति भएको छ। खाद्य, वनस्पतीजन्य वस्तुको व्यापार तथा विषादी प्रयोग आदान प्रदानबारे महत्वपूर्ण सम्झौता भएको छ।
  
म्यान्मारको विकसित घटनाप्रति सरकारको गहिरो चासो
  
परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ म्यान्मारको घटनाप्रति सरकार चिन्तित रहेको बताएका छन्। बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले म्यान्मारको घटनामा सरकार किन नबोलेको भनी सोधेको प्रश्नको जवाफ दिदैँ मन्त्री ज्ञवालीले म्यान्मारको पछिल्लो विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको स्पष्ट पारेका हुन्।

म्यान्मारको पछिल्लो घटनाक्रमबारे नेपालले पटक पटक विज्ञप्ति निकालेर चासो जनाएको पनि उनले बताए। म्यान्मारका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृलगायत राजनीतिक नेतृत्वमाथि गरिएको नजरबन्दलगायतका घटनामा सरकारले विज्ञप्त्ति निकालेर चासो जनाएको छ। त्यहाँ भएको घटनाको दिननै नेपाल सरकारले विज्ञप्ति निकालेको मन्त्री ज्ञवालीको भनाई थियो।  उनले भने, 'म्यानमारमा शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर धेरै नागरिकको ज्यान गएको घटना हामीले देखिरहेका छौँ। राजबन्दीको रिहाइ गर्ने, निर्वाचित सरकार बर्खास्तीको आलोचना, अत्याधिक बल प्रयोग नियन्त्रण गर्न आग्रह गरिएको थियो।'

प्रतिप्रश्न गर्दै काँग्रेसका सांसदहरु पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला, भरतकुमार साह, देवेन्द्रराज कँडेललगायतले म्यान्मार घटनामा सरकारको ध्यानाकर्षण गराउदै बालबालिकामाथि भइरहेको हत्याका घटनामा सरकारले खण्डन गर्नुपर्ने माग गरे। 

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा सीमा पर्खालसम्बन्धमा सरकारले देखाएको तदरुकताप्रति धन्यवाद ज्ञापन गरे। सांसद गगनकुमार थापाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को नेतृत्व घोषणा गर्न मात्रै बाँकी रहेको र बिम्स्टेकको बैठकमा किन म्यान्मारको सवाल नउठाएको भनी प्रश्न गरे। त्यस्तै सांसद दिब्यमणि राजभण्डारी र टेकबहादुर बस्नेतले लोकतान्त्रिक योद्धाको तथ्याङ्क सङ्कलन व्यवस्थित र पारदर्शी बनाउन माग गरे। मन्त्री ज्ञवालीले लोकतन्त्र स्थापनाका लागि योगदान गर्ने योद्धाको अभिलेख सुरु गरी उनीहरुलाई सम्मान गर्ने तयारी गरेको र कार्यदल मार्फत उक्त काम भइरहेको पनि जानकारी गराए।

सांसद राजेन्द्रकुमार केसीले दार्चुलाको सीमामा भारतले पर्खाल बनाएको सन्दर्भमा निरीक्षण गरिएको हो भने प्रतिवेदनमा के छ जानकारी गराउन माग गरे। सांसद प्रेम सुवालले अप्रिल १२ तारिख २०२० मा भारतले दार्चुलामा सीमा अतिक्रमण गरेको घटनामा पठाइएको निरीक्षण टोलीबारे जानकारी गराउन माग गरे।
 
दार्चुला सीमा अतिक्रमणबारे अध्ययन

परराष्ट्रमन्त्री ज्ञवालीले दार्चुलाको सीमामा जोडेर भारतले सुरक्षा पर्खाल बनाएको घटनाका सम्बन्धमा सरकारले सीमा रक्षाका लागि विशेष सतर्कता अपनाएको बताएका छन्। दार्चुलाको सडक दुई देशबीचको सीमालाई छोएर भारतले पर्खाल बनाएको भन्ने विषयमा नापी विभाग, नेपाली सेना, नेपाल प्रहरी र जिल्लास्थित नापी कार्यालयका अधिकारीले स्थलगत अवलोकन गरी प्रतिवेदन तयार गरेको उनले जानकारी दिए। 

मन्त्री ज्ञवालीले उक्त क्षेत्रको एक सातापछि नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत निरीक्षण गरी पर्खाल सीमा मापदण्ड अनुरुप छ कि छैन भनी निष्कर्ष निकाल्ने भन्दै यस विषयमा सरकार सजग रहेको बताए।

मन्त्री ज्ञवालीले बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), सार्क लगायत क्षेत्रीय सङ्गठनमा नेपालको सक्रिय सहभागिता र पहलकदमीलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए। उनले सार्कलाई क्रियाशील बनाउन नेपालले प्रयास गरिरहेको पनि जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.