वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

भरतपुर : वायु प्रदूषण र प्रतिकूल मौसमका कारण सोमबार चितवनको हवाइ उडान प्रभावित भएको छ।

वायुमण्डलमा ‘भिजिबिलिटी’कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन्। भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए। 

प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ। भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो।

यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.