बन्दीपुरलाई पर्यटकीय स्थल बनाउन पहल

बन्दीपुरलाई पर्यटकीय स्थल बनाउन पहल

दमौली : पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब रु दुई अर्ब लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडि बढ्ने क्रम बढिरहेको छ । 

बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बनेको लगानीकर्ता बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीका पूर्वाधारमा सो केबुलकारले थप प्रवद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक पर्यटकीयस्थलको रुपमा विकसित हुने सो केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताए। 

साहसिकस्थललाई केन्द्रमा राखी सो केबुलकारले आफ्ना सहायक कम्पनीमार्फत अग्लो बन्जी जम्पको निर्माण प्रक्रिया थालेको छ । यस्तै जङ्गल पिङ, एक हजार ८०० मिटर लामो स्पाइडर जीप लाइन, ६०० मिटर लामो भिरमा टुँडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो शिशाको पुलसमेत बनाउने गरी डीपीआर तयार गरिएको छ । 

यस्तै स्काइ साइकिलिङलगायत मनमोहक मनोरञ्जन पूर्वाधार निर्माण गरी दैनिक पाँच हजारबढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । पाँच वटा सहायक कम्पनीमार्फत थप रु एक अर्ब लगानी यो क्षेत्रमा गर्ने योजना बनाइएको शर्माले जानकारी दिए। ‘हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइक्लिङ सेवासमेत शुरु गरेर गाउँ–गाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ’, शर्माले भने। 

बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेशनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । क्विनटावरबाट फराकिलो कुहिरोको समुद्र देखाउने साथै हिमालय दर्शन गराएर बन्दीपुरको सुन्दरता अनुभव गराउने तयारी छ। 

बन्दीपुरको विकासका लागि आगामी दश वर्षभित्र १० लाख लगानीकर्तामार्फत १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । “बन्दीपुर अवधारणा देश र विदेशमा प्रचारप्रसार गर्ने र देश समृद्ध बनाउने कम्पनीको सोच छ”, उनले भने। 

आरकेडी समूहअन्तर्गत रहेको यस कम्पनी समूहमा हाल स्वदेश र विदेशमा गरी तीन हजार सदस्य छन् । यस अभियानलाई साथ दिन केबुलकार परियोजनामा गाउँपालिकाले समेत लगानी गरेर स्थानीय लगानीको प्रवद्र्धनका लागि सचेतना जगाउने कार्य गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। यसले गर्दा स्थानीयवासीसमेत लगानीका लागि आकर्षित हुँदै गएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.