७१ रोपनी जग्गामा लगाइएको अफिम नष्ट

७१ रोपनी जग्गामा लगाइएको अफिम नष्ट

जाजरकोट : जाजरकोटमा प्रहरीले ठूलो मात्रामा अफिम खेती नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको नेतृत्वमा सो नगरपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध अफिम खेती पूर्णरुपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार इलाका प्रहरी कार्यालय दल्लीवाट प्रहरी नायव निरीक्षक शरदप्रसाद पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही नगरपालिका  २ को नहकुलीमा ४ रोपनी, ३ नम्बर वडाको काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी,द्धारेमा ८ रोपनी, वडा नम्बर ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेखमा साढे ६ रोपनी, गर्छिनामा साढे ११ रोपनी गरी ७१ रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले कानुनले प्रतिवन्ध लगाएको अफिम खेती नष्ट गर्न प्रहरीले ४ दिनको अभियान चलाएको र यस वारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।जिल्लाका विभिन्न भागहरुमा अवैध रुपले लगाइएका सबै गाजा खेती नष्ट गर्ने आफूहरुको अभियान रहेको र यसमा जनताले सहयोग गर्नुपर्ने प्रहरी प्रमुख थापाले बताए । 

उनले प्रहरीले घरेलु मदिरा नियन्त्रण, गाजा खेती नष्ट,जुवातास नियन्त्रण तथा न्याय र शान्तिसुरक्षामा नकरात्मक असर पार्ने सवै प्रकारका गतिविधिविरुद्ध प्रहरी आक्रामक रुपमा लागेको बताए । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मदत गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.