४६ लाखको खानेतेल बाटोबाटै गायब

४६ लाखको खानेतेल बाटोबाटै गायब

सिरहा : सुनसरीको दुहबीबाट खानेतेल बोकेको ट्रक चैत २४ गते स्याङ्जाको बालिङ्गको लागि निस्कियो । तर, त्यो ट्रकमा राखिएको खानेतेल स्याङ्जा नपुग्दै बाटैबाट गयाब भएको छ । तेल बोकेको ट्रक प्रहरीले धनुषाको ढल्केबरबाट मंगलबार वेवारिसे अवस्थामा फेला पारेको छ । त्यसमा केही कार्टुन मात्र तेल पाइयो।

ट्रक चालक र सहयोगी फरार छन् । त्यही चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुनसक्ने प्रहरीको अनुमान छ।  सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

ट्रकमा २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल करिब ४६ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबीन भइरहेको उनले जानकारी गराए ।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.