बलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

बलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलत्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरीकी एक १७ वर्षीया बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो । 

गाउँपालिका अध्यक्ष सरकारी गाडीमा युवती राखी धरान तर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई पक्राउ गरेको हो । 

धरान उपमहानगरपालिका ४ स्थित साराङंगामा सञ्चालनमा रहेको डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।  अध्यक्ष यादवले युवतीलाई कार्यालयकै गाडीमा राखेर धरान ल्याइ ललाई फकाई गरी बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको उनले बताए । 

बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत जाहेरी दिएपछि  प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् । 

पक्राउ गरिएका यादव र किशोरी  दुबैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि ती बालिकालाई  परिवारको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.