दैलेखमा कोरोना संक्रमित बृद्धको मृत्यु

दैलेखमा कोरोना संक्रमित बृद्धको मृत्यु

दैलेख : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए। 

ती पुरुष मंगलबार स्वास्थ्य सेवा कार्यालय (दैलेख अस्पताल) मा भर्ना भएका थिए। अस्पताल भर्ना भइसकेपछि कोरोना संक्रमणको आशंकमा परीक्षण गरिएको थियो। एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन अस्पतालमा सारिएको थियो। 

कोरोना संक्रमणबाट मृत्यु भएका ती पुरुषमा अक्सिजनको मात्रा कम थियो। आइसोलेसन अस्पतालमा अक्सिजनसहित उपचाररत ती पुरुषको बुधबार बिहान मृत्यु भएको दैलेख अस्पतालका डा. जगत थापाले बताए। कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारको अन्य व्यक्तिहरुको एक सातापछि कोरोना परीक्षण गरिने डा. थापाले बताए। योसँगै दैलेख जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.