वसन्त याममा कुन हिमालमा कति आरोही ?

वसन्त याममा कुन हिमालमा कति आरोही ?

काठमाडौं : कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन्। यसमा ९३ महिला र ३१५ पुरुष छन्।  सो याममा सगरमाथाका लागि ४१ आरोही समूहले अनुमति पाएका थिए। यो अघिल्लो सन् २०१९ को वसन्त यामभन्दा बढी हो। सन् २०२० मा वसन्त आरोहण भएन।

विभागको पर्वतारोहण शाखाका विवरणमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथापछि सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी १२५ आरोही छन्। नुप्से (७,८६४ मिटर) मा ३८ र पुमरी (७,१६१ मिटर) मा नौ आरोहीलाई अनुमति दिइएको छ।

त्यसैगरी गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि आर आरोही समूहका ४४ र धौलागिरि हिमाल (८,१६७ मिटर) मा पाँच आरोही समूहका ३३ आरोही छन्। सङखुवासभामा पर्ने मकालु हिमाल (८,८४६३ मिटर) आरोहणका लागि दुई आरोही समूहका २० र गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूहले अनुमति लिएका छन्। तिलिचो हिमाल (७,१३३ मिटर) मा आठ र हिम्लुङ हिमाल (७,१२६ मिटर) मा सात आरोहीलाई अनुमति दिइएको छ।

यसबीचमा अन्नपूर्ण हिमालमा केही आरोहण भए भने मौसमले साथ दिए अबको केही दिनभित्रै सगरमाथा आरोहण शुरु हुने विभागले जनाएको छ। अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविरमा छन्। सर्वाेच्च सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प ४ मा  पुगिसकेका छन्।
 
सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन्। वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाख भन्दा बढी सलामी सङ्कलन भएको छ। सगरमाथाबाट मात्रै करीब रु ६६ करोड रोयल्टी जम्मा भएको छ। कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ।

विदेशी पर्यटकको उद्धारमा सक्रिय बोर्ड

निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपत् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ। सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौतानुरुप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।

कोभिड –१९ महामारीको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले यही वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो। गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको छ।
 
बोर्डले बुधबार विभिन्न मुलुकका ११ विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएको छ। उनीहरुमध्ये लाङटाङबाट पाँच पोल्याण्डबासी, पोखराबाट चार युक्रेनी र लुक्लाबाट दुई अमेरिकी हुन्। यस्तै संस्कृति मन्त्रालयको यही वैशाख २१ गतेको निर्णयानुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको छ।

बोर्डले महामारीका समयमा आवश्यक सूचनाका अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस् तथा अन्य सरोकार निकायले समेत आवश्यक परेका समयमा सूचना गर्न सकून् भनेर निम्नानुसारको हटलाइन, मेल तथा वेव  Hotline :- 9851252666,Emalif\ :- [email protected],Website :-www.welcomenepal.com/plan-your-trip/covid-19 सञ्चालनमा ल्याई दैनिक गतिविधि वेबमा अद्यावधिक गर्ने गरेको छ। यस्तै देशका विभिन्न भागमा रहेका पर्यटक सम्पर्कमा रहन तथा उद्धारका लागि online Traveler Locater बाट तथ्याङ्क सङ्कलन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.