दोलखामा कोरोना संक्रमितले नै गरे संक्रमितको उद्धार

दोलखामा कोरोना संक्रमितले नै गरे संक्रमितको उद्धार

दोलखा : भीमेश्वर नगरपालिकामा कोरोनाबाट संक्रमितले नै संक्रमितको उद्धार गरेका छन्। भीमेश्वर नगरपालिका–८, बोच, सेराबेंशीमा कोरोना संक्रमणले सिकिस्त हुन पुगेका एक संक्रमितलाई होम आइसोलेसनमा बसेका अर्का संक्रमितले उद्धार गरेका हुन्। 

शुक्रबार साँझदेखि श्वासप्रश्वासमा जटिल समस्या देखिएका कोरोना संक्रमित बाबुराम कायस्थलाई अस्पताल लैजान एम्बुलेन्सका चालकहरुले आनाकानी गरेपछि होम आइसोलेसनमा बसेका संक्रमित दिलु कायस्थले निजी जीपमा अस्पताल पुर्‍याएका हुन्।

जेठो दाईलाई श्वास फेर्न गाह्रो भएर अस्पताल लैजान सदरमुकाम चरिकोटका सबै एम्बुलेन्सलाई मगाउँदा सबै चालकले झुठो बोलेर आनाकानी गरेपछि आफू संक्रमित भएपनि अस्पताल पुर्‍याएको दिलु कायस्थले बताए। जिल्लामा सक्रिय संक्रमित थोरै हुँदा त यसरी एम्बुलेन्सले बिरामी ओसार्न आनाकानी गर्छन् भने बिरामीहरु अस्पताल नपुग्दै उपचार नपाएर मर्ने अवस्था आएको उनले बताए।

संक्रमित बिरामी अस्पतालसम्म पुर्‍याउन केहि समस्या देखिएका जनाउँदै दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले भने, ‘सदरमुकाम चरिकोटमा दुईओटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।’ निजी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्नका लागि पहल गर्दा सवारी धनीहरुले गाडी लुकाएको तिवारीले बताए। आपत्कालीन अवस्था आए ग्यारेजबाटै उठाएर भएपनि निजी सवारीलाई एम्बुलेन्सको रुपमा तयार गरिने सप्रजिअ तिवारीले बताए।

जिल्लामा दुईसय संक्रमित नकट्दै एम्बुलेन्स र अक्सिजनको समस्या देखिएको जनाउँदै नागरिक अगुवा चिरञ्जीवि मास्केले भने, ‘प्रमुख सरोकारवालाहरुको तयारी प्रयाप्त नहुनुले संक्रमितको संख्या बढ्दै गयो भने हालत के होला ! आफैँ सर्तक रहनुको विकल्प छैन।’ जिल्लामा ४० महिला र ७१ पुरुष गरी कूल १११ जना संक्रमित रहेकोमा ८ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.