संक्रमितको घरदैलोमा बराहक्षेत्रका मेयर

संक्रमितको घरदैलोमा बराहक्षेत्रका मेयर

धरान : कोरोना भाइरसको संक्रमणले महामारी रुप लिए पश्चात प्रदेश १ का सबै अस्पताल बिरामीले भरिएका छन्। कतिपय संक्रमित अस्पतालमा शैय्या अभावमा घरमै आइसोलेशनमा छट्पटाई रहेका छन्। 

कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागि सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले रचनात्मक अभियानको थालिनी गरेका छन्।  आफ्नो नगपालिकाका संक्रमितलाई भेट्न मेयर खनाल औषधि र केही खानेकुरा लिएर घरदैलोमा जान थालेका हुन्। 

मेयर खनालले स्वास्थ्यकर्मीसहित घरघरमै गएर संक्रमितहरुको मनोबल उच्च बनाउने काम गरेका छन्। मेयर खनालले कोरोना संक्रमित उपचार भन्दा पनि धेरै मनोवल कमजोर भएका कारण समस्या देखिएको भन्दै घरघरमै पुगेको बताए। 

बराहक्षेत्र नगरपालिकामा हाल ३४ जना संक्रमित रहेका छन्। स्थानीय प्रशासनले वैशाख ३१ गतेसम्म गरेको निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत नगरवासीलाई अनुरोध गरेको छ। 

संक्रमित भएपछि घरमा बस्न जहज नहुनेका लागि सप्तकोसी बहुमुखी क्यापसमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ। सेन्टरमा तीनजना संक्रमितलाई राखेर उपचार थालिएको नगरपालिकाका प्रेस सल्लाहकार नवराज विष्टले बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुनसरीमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या वृद्धि भएकाले स्थानीय प्रशासनले वैशाख ३१ सम्म गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न जिल्लाबासीमा अनुरोध गरेका छन्। उनले सुनसरीमा कोरोनाका कारण २० को मृत्यु, एक हजार २ सय ८७ संक्रमित र एकसय ५६ जना कोरोना जितेर अस्पतालबाट घर फर्किएको जानकारी दिए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.