कोरोनाविरुद्धका लडाइमा पक्ष र विपक्ष नभई एकजुट हुनुपर्छ : प्रधानमन्त्री ओली

कोरोनाविरुद्धका लडाइमा पक्ष र विपक्ष नभई एकजुट हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गरेका छन्। आफूमाथि विश्वास छ भन्ने  स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले कोरोना नियन्त्रण गर्ने अभियानमा एकजुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्न सबैसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, 'विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ। सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी रुपमा अघि बढाइरहेको छ।'

यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष  नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने उनले औँल्याए।  प्रधानमन्त्री ओलीले भने, 'तर दुःखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौँ, हाम्रा गतिविधि, चिन्तन र प्रयास जे कुरामा केन्द्रित हुनुपर्थ्यो, त्यो हुन सकेन।'

सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकौं लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उनले औषधि खरीदका नाममा भ्रष्टाचार गरियो भनी प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाए।

औषधि खरिदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारवाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँनयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय समुदायमा नेपालको स्थान स्वर्णकाल देखाउन लायक अवस्थामा पुर्‍याइएको उनले बताए। विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ। यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संविधानको धारा १०० को उपधारा (१) अनुरुप प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ।

मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गरे। प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन्। सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ। मत विभाजनका क्रममा  हुन्छ, हुन्न र दिन्न भन्ने तीन थरि मत जाहेर गर्ने व्यवस्था हुने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.