तालिबानद्वारा तीन दिन युद्धविराम घोषणा
काबुल : अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेको छ । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धबिराम गरिएको बताए।
उनले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिए ।
यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ ।
तालिबान प्रवक्ताले युद्धविरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेका छन् । तालिबान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धविरामको घोषणा गरेको छ ।
- रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस !