पाँच हजार ४३२ अक्सिजन सिलिण्डर वितरण

पाँच हजार ४३२ अक्सिजन सिलिण्डर वितरण

काठमाडौं : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पाँच हजार ४३२ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। सङ्कलित सिलिण्डरमध्ये एक हजार ४४१ भरी रहेको र तीन हजार ९९१ खाली सिलिन्डर रहेका छन्। त्यसमध्ये चार हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी ८४३ अक्सिजन सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।  आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको प्रहरीले जनाएको छ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि नेपाल प्रहरीले सिलिण्डर सङकलनमा सक्रियता बढाएको हो। स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको जनाइएको छ। जथाभावी रुपमा मौज्दात गरेको पाइए प्रहरी कारबाही हुने चेतावनी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.