एउटै टोलका १२० जनाको कोरोना परीक्षणमा ८० जनामा संक्रमण पुष्टि

एउटै टोलका १२० जनाको कोरोना परीक्षणमा ८० जनामा संक्रमण पुष्टि

जाजरकोट : केही दिनअघि कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको भेरी नगरपालिका ४ सिर्जना टोलमा गरिएको कोरोना परीक्षणबाट ८० जनामा संक्रमण पुष्टि भएको छ । एक सय पाँचजनाको पीसीआर परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको भेरी नगर स्वास्थ्य शाखा प्रमुख यज्ञनाथ गौतमले बताए । त्यस्तै सोही टोलमा १५ जनाको एन्टिजेन परीक्षण गर्दा सातजनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । 

सिर्जना टोलमै केही दिनअघि ४५ वर्षीया एक महिलाको कोरोनाका कारण ज्यान गएको थियो । परीक्षण गरिएका अधिकांशमा संक्रमण देखिएपछि स्थानीय त्रसित भएका छन् । वडाध्यक्ष खम्ब जंग शाहले सबैलाई सचेत रहन, स्वास्थ्य मापदण्ड पालना गर्न र घर बाहिर ननिक्लन आग्रह गरेका छन् । ज्यानमारा कोरानालाई सामान्य रुपमा नलिन उनको सबैलाई विशेष अनुरोध छ ।

त्यस्तै वडा नम्बर ३ का एक सय ६२ र वडा नम्बर १ र ४ का एक सय ८२ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । सुर्खेतस्थित प्रयोगशालामा पालो नपाउँदा रिपोर्ट आउन ढिलाइ भएको हो । 

छेडागाडमा २२ जनाको पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण

जाजरकोटको छेडागाड नगरपालिकामा २२ जनामा कोरोनाको पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत झलक केसी सहित नौजना नगरपालिकाका कर्मचारी र पाँचजना शिक्षकमा कोरोना पोजिटिभ भएको हो । उनीहरु सबैको होम आइसोलेसनमा उपचार भइरहेको र आफ्नो अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । 

हाल जिल्लामा संकास्पदलाई मात्र परीक्षण गर्ने गरिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सोमबारसम्म तीन सय नाघेको छ । जिल्लाभर तीन सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । 

कार्यालयका महामारी पोकल ब्यक्ति कृष्णबहादुर खत्रीका अनुसार ५७ जनाले कोरोना जितेका छन् । १४ जना जिल्ला अस्पतालको आइसोलेशनमा छन् । ८ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ । एक जनाको मृत्यु भएको छ । संक्रमण भित्र भित्रै जिल्ला भर फैलिएको भएपनि परिक्षणको दायरा नबढाइएको स्थानीयको गुनासो छ । 

स्थानीय प्रशासनले लकडाउन गरेपनि गाँउघरमा मानिसहरुको आवागमन रोकिएको छैन । खासमा लकडाउनको बेला सक्रिय संक्रमित पहिचान गर्ने, संक्रमितलाई अलग गराउने, कन्ट्रयाक ट्रेसिङ् गर्ने र परीक्षणको दायरा बढाउनुपर्ने हो तर झारा टार्ने बाहेक गम्भीर रुपमा परीक्षणलाई तीव्रता दिन नसकेको पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माले बताए । 

‘कोरोना नियन्त्रण र रोकथाममा सम्बन्धित निकाय गम्भीर देखिएनन् । यस्तो तालले जति लकडाउन गरेपनि संक्रमण फैलने दर रोकिदैन,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.