खोप किन्‍ने अनुमति माग्‍दै वालिङ नगरपालिका

खोप किन्‍ने अनुमति माग्‍दै वालिङ नगरपालिका

स्याङजा: कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन वा खोप खरिदको अनुमति दिन वालिङ नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ।

नगरपालिकामा संक्रमित संख्या बढ्दै जाँदा नगरप्रमुख दिलिपप्रताप खाँणले मन्त्रालयलाई पत्र लेखी यस्तो अनुरोध गरेका हुन्।

नगरबासीले खोपको माग गरेकाले ‘कि मन्त्रालयबाट उपलब्ध गराइयोस्, कि हामीलाई खरिद गर्ने अनुमित दिइयोस्’ भन्दै पत्रमा आग्रह गरिएको छ। नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि मन्त्रालयसंग खोप किन्न अनुमति मागेको नगरप्रमुख खाँणले बताए।

‘एक व्यक्तिका लागि दुई खोप लगाउनुपर्ने र यसका लागि ८ डलर चाहिन्छ,’ नगरप्रमुख खाँणले भने ‘गरिब तथा विपन्न वर्गलाई नगरपालिकाले निशुल्क खोप उपलब्ध गराउने गरी तयारी भइरहेको छ।’

दोश्रो लहरको कोरोना सुरु भएयता, स्याङ्जामा सोमबार साँझसम्ममा १ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ७७ जनाको मृत्यु भएको छ। ११ पालिकामध्ये वालिङमा सबैभन्दा बढी संक्रमित छन्। यहाँ मात्र ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय ६० जना निको भएका छन् भने २० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ।

नगरभित्र संक्रमितको संख्या दिनदिनै थपिँदै गएपछि नगरपालिकाले कोरोना विरुद्धको खोप किन्नका लागि आवश्यक पर्ने बजेटका लागि जुटेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.