टोल-टोलमा निशुल्क पीसीआर  परीक्षण

टोल-टोलमा निशुल्क पीसीआर  परीक्षण

तानसेन : दिनहुँ संक्रमण बढेपछी पाल्पाका स्थानीय सरकारले टोल टोलमा निशुल्क पीसीआर परीक्षण अभियान सुरु गरेका छन् । वैशाख १७ गते देखि पाल्पामा निषेधाज्ञा जारी भएपनि दैनिक एकसयभन्दा बढी संक्रमित भइरहेकाले पाल्पाका स्थानीय सरकारले टोलटोलमा निशुल्क पीसीआर परिक्षण गर्दै आएका हुन्।

तानसेन नगरपालिकाले पाल्पा अस्पतालको समन्वयमा १४ वटा वडाहरुको टोल टोलमा निशुल्क पीसीआर परीक्षण अभियान सुरु गरेपछि शंकास्पद बिरामी कोरोना परीक्षणका लागि आएका छन् । 

तानसेन नगरपालिकाले ५ ६, ७ र १४ वडाका टोल टोलमा निशुल्क पीसीआर परीक्षण सुरु गरेको छ। प्रत्येक दिन एकएक वडामा परीक्षण अभियान संचालन गर्दै आएको तानसेन नगरपालिकाले जनाएको छ । 

प्रत्येक वडा टोलमा र वृद्ध, अशक्त तथा अपाङ्गको घर घरमै पुगी स्वाब संकलन गर्दै आएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए । समुदायमा फैलिएको कोरोना नियन्त्रण गर्न, जनताको जीउधनको रक्षा गर्न, जनजीवन सामान्य बनाउन टोल टोलमा निशुल्क परीक्षण अभियान संचालन गरिएको नगर प्रमुख शाहीले बताए ।

अर्कातर्फ असार महिना लाग्ने दिनसम्म पाल्पामा संक्रमण दर न्युन बनाउने अभियानका साथ जिल्लाका १० वटै स्थानीय सरकारले टोलटोलमा निशुल्क पीसीआर परीक्षण अभियान संचालन गरेका हुन् । 

तानसेन नगरपालिकाले वैशाख १६ देखि जेष्ठ ११ गते सम्म विभिन्न १५ स्थानमा ३१३ जनाको निशुल्क एन्टिजेन परीक्षण गर्दा १३६ जनामा कोरोना पोजिटिभ देखिएको छ । 

वैशाख १६ गते देखि हालसम्म २०७८ जेष्ठ ११ सम्म ९८९ जना संक्रमितमध्ये  ५४३ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ४१४ जना छन् ।  नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा १५ जना भर्ना भएकामध्ये ६ जना रेफर, ३ जना डिस्चार्ज, १ जनाको निधन र  ५ जनाको उपचार भइरहेको छ। डा . झपेन्द्र ढकालको नेतृत्वमा ५ जनाको स्वास्थ्य टोली आइसोलेसनमा परिचालन भएको छ ।  

रैनादेवी छहरा गाउँपालिकाले पनि टोलटोलमा निशुल्क पीसीआर परीक्षण अभियान बढाएको छ । जिल्लामै दोस्रो सक्रमित संख्या बढेपछि रैनादेवी छहराले वडा वडाको टोलटोलमा निशुल्क पीसीआर परीक्षण संचालन गरेको छ ।

रिव्दीकोट गाउँपालिकाले  पालिकाभरी निशुल्क पीसीआर परिक्षण गराएको छ । पालिकाले १२६ जनाको पीसीआर गर्दा संक्रमित ७२ जना अहिले होमआइसोलेसन र ५ जना पालिकाकै कोभिड अस्पतालमा उपचाररत रहेको अध्यक्ष नारायण बहादुर जिसीले बताए ।

माथाँगढी गाउँपालिकाले एक महिनाको अवधिमा ५ सय ६५ जनाको निशुल्क पीसीआर परिक्षण गराएकोमा छ । जसमा ३ सय ५० जना संक्रमण भेटिको थियो।  अहिले पनि १ सय ४१ जना सक्रिय संक्रमित छन् । निषेधाज्ञासँगै टोल टोलमा गरेको पीसीआर परीक्षणले पालिकाभित्र संक्रमण दर दिनहुँ घट्दै गएको माथाँगढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । बगनासकाली, रम्भा, तिनाउ, पुर्वखोला निस्दी गाउँपालिका र  रामपुर नगरपालिकाले पनि  वडा वडामा निशुल्क पीसीआर अभियान संचालन गर्दै आएका छन् । 

पाल्पामा हालसम्म  २३ हजार ३ सय ६१ पीसीआर परीक्षण भएकोमा १८ हजार ९ सय १५ जनामा नेगेटिभ  ४ हजार ४ सय १६ जनामा पोजिटिभ देखिएको थियो। जसमा ८१ जना मृत्यु भएको छ भने  ३ हजार ८ सय ५७ जना निको भएका छन् । २ हजार ५ सय २५ जनाको ऐन्टिजेन परीक्षण गरेको मा १ हजार ६ सय ६ जनाको नेगेटिभ र ९ सय १९ जनाको पोजिटिभ रिर्पोट आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.