तीन हप्ता वितिसक्दा पनि साउदीबाट आएन काशीराजको शव

तीन हप्ता वितिसक्दा पनि साउदीबाट आएन काशीराजको शव

कपिलवस्तु : साउदी अरेवियाको अल्जोफ सहरमा रोजगारीको सिलसिलामा रहेका बुद्धभूमि नगरपालिका १ विरपुरका ४९ वर्षीय काशीराज अधिकारीको शव ३ हप्ता भइ सक्दा पनि नेपाल आउन ल्याउन छैन । गत वैशाख २३ गते उनको अल्जोफ सहरमा मृत्यु भएको परिवार स्रोतले बताएको छ । 

साउदी अरेवियामा मृतकका अन्य साथीसँग सम्पर्क हुन नसक्दा र आफूहरुको शव ल्याउन सक्ने पहुँच नहुँदा मृतक काशीराजको शव नेपाल ल्याउन नसकिएको मृतकका भाइ शेरबहादुर अधिकारीले बताए । पतिको शव घरसम्म ल्याउन नसक्दा उनकी पत्नी लक्ष्मी भूषाल सहयोगका लागि दैनिकजसो भौतारिने गरेकी छिन् । 

उनका पति ४९ वर्षीय काशीराज अधिकारीको गत वैशाख २३ गते साउदी अरेवियाको अल्जोफमा मृत्यु भएको खबर उनले पाएकी थिइन् । तर आजसम्म पनि शव ल्याउन नसक्दा पति वियोगको पीडा लिएर शव घर ल्याउन चौतर्फी हारगुहार गर्दै हिँडेकी छिन् । 

श्रीमानको शव ल्याउन पहल गरिदिन आग्रह गर्दा जिल्ला प्रशासनबाट खासै पहल हुन नसकेको उनको गुनासो छ । १२ वर्षदेखि साउदी अरेवियामा काम गर्दै आएका उनका काशीराज यस वर्षको दशैंमा घर आउने योजनामा थिए।

४ वर्ष अघि पछिल्लो पटक आफ्ना पति साउदी अरेविया गएको उनले बताइन् । गाउँमा वन क्षेत्रमा घर बनाइ बसेका मृतक काशीराजका परिवारको जग्गा जमिन छैन । मृतक अधिकारीकी श्रीमती र २ छोरी र १  छोरा छन्। उनीहरु सबैको खर्च मृतक अधिकारीले नै व्यहोर्दै आएका थिए। तर उनको मृत्युसँगै अधिकारी परिवारमा बज्रपात परेको छ ।

अधिकारीको शव ल्याउनका लागि वडादेखि नगरपालिकाहुँदै पीडित जिल्ला प्रशासन कार्यालय तौलिहवा धाइरहेका छन् । तर उनीसँग काशीराजको मृत्यु दर्ता प्रमाण पत्र नहुँदा जिल्ला प्रशासन कार्यालबाट पहल अघि बढ्न नसकेको मृतक अधिकारीका आफन्त अच्युत अर्यालले बताए ।

पतिको मृत्युको खबर साउदी अरेवियाको कम्पनीबाटै आफूलाई आएको र कम्पनीले प्रक्रिया मिलाएर शव घर पठाइदिने आवश्वासन प्राप्त भएको लक्ष्मीले बताइन्। मृतक अधिकारीको पत्नी लक्ष्मीले भनिन्,'३ हप्ता बढी हुँदा पनि शव अझै आउन सकेको छैन ।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.