गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा

गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्  । गणतन्त्र दिवसमा अवसरमा शनिबार शुभकामना दिँदै उनले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्ने जनाएका छन् ।

कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि सबैलाई आग्रह गरेका छन् ।  
 

पूर्वप्रधानमन्त्री देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनान्दोलन २०६२/६३ को सफलतापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको जनाउँदै  लोकतन्त्रको स्थापना र पुनःस्थापनाका जनान्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सबै शहीदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना प्रकट गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.