कोरोना नियन्त्रण गर्न गाउँगाउँमा चिकित्सकीय सेवा

कोरोना नियन्त्रण गर्न गाउँगाउँमा चिकित्सकीय सेवा

दाङ: समुदायमा कोरोनाको संक्रमण उच्च देखिएपछि दाङमा चिकित्सक र स्वास्थयकर्मी सहित गाउँ–गाउँमा स्वास्थ्य घुम्ती सेवा दिन थालिएको छ । कोरोनाबाट आम नागरिकलाई सुरक्षित गर्न, कोरोना रोकथाम, नियन्त्रण र उपचारको परामर्श दिन चिकित्सकीय घुम्ती सेवा दिन थालिएको हो ।

कोरोनाको त्रास र समुदायको लाजका कारण संक्रमणलाई लुकाएर राखेका व्यक्ति र परिवारलाई घुम्ती शिविरमा खटिएका स्वास्थकर्मीले मनोपरामर्श दिन र स्वास्थ्य परीक्षण गरी प्रारम्भिक उपचारका साथै अवस्था अनुसार अस्पतालसम्म पुर्‍याउन सहयोग र परामर्श गर्नेछन् ।

यसले समुदाय स्तरमा राम्रो भएको स्थानीयहरुको भनाइ छ । ब्याकवार्ड एजुकेशन सोसाइटी बेस नेपालको समन्वय र सहयोगमा डा राजीव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ–गाउँमा पुग्न थालेको छ । गत बिहीवारदेखि यस अभियान सुरु गरिएको र प्रभावकारी हुँदैगएको बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिए ।

पूर्वराज्यमन्त्री एवम लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरीले आरम्भ गरेको अभियान अहिले तिव्र रुपमा बस्ती बस्तीमा पुगेको छ । चौधरीले स्थानीय सरकारलाई यो अवस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो भएको, स्थानीय सरकारसँग समन्वयमा घुम्ती स्वास्थ शिविर गाउँमा खटिएको बताए । उनले यस्ता प्रयासहरुले गाउँमा भएको समस्या समाधान हुने र कोरोनालाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरे ।

स्वास्थकर्मी टोलीको नेतृत्व गरेका डा राजीव झाले गाउँ बस्तीमा कोरोना पीडित व्यक्तिले पीसीआर टेस्ट नगराउने र संक्रमण लुकाएर राख्दा झनै संक्रमणको भयावह स्थिति आएको बताए । ‘ज्वोरो नाप्ने थर्मल गन, अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटरकप प्रयोग गर्ने र अवस्थाको विश्लेषण गरी आवस्यक औषधि निशुल्क रुपमा उपलब्ध गराइने डा झाले बताए ।

कोरोना संक्रमितको लक्षण देखिएका र आशंका  लागेकालाई पीसीआर परीक्षणका लागि परामर्श दिइने तथा सामान्य अवस्थाकालाई आवश्यक औषधि दिएर नियमित निगरानी गरिने उनले बताए ।

तुलसीपुर नगर स्तरीय मनोपरामर्श समूहका संयोजक सुशील बस्नेतले उपचार सँगसँगै परामर्श अनिवार्य भएको हुँदा परामर्श पनि सँगै लैजानु पर्ने बताए । उनले नगरले परामर्शको अभियान नै सञ्चालन गरेको र गाउँस्तरमा त्यो बढी प्रभावकारी रहेको बताए ।

घुम्ती शिविरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्दार गरी सम्बन्धित अस्पताल सम्म पुर्‍याउने व्यवस्था गरिएको कार्यकारी निर्देशक चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.