हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक : हस्तकला महासंघ

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक : हस्तकला महासंघ

काठमाडौं : नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ। महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो। 

महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गरे। 

'हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनरकर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक छन्', उनले भने।

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धता राम्रो भएको महासंघको भनाइ छ। प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन सरकारी बजेटले सम्बोधन गरिएको सीप विकास तथा रोजगारी मूलक तालिम कार्यक्रम सराहनीय रहेको अध्यक्ष शाक्यले बताए। 

यस्तै महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यान्वयनमा ल्याउनुपर्ने महासंघको सुझावप्रति बजेट मौन रहेको र सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने महासंघको सुझावलाई बेवास्ता गरिएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.