पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
![पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध](https://annapurnapost.prixacdn.net/media/albums/pahiro_20210613054636_gjh2raJ3Zk.jpg)
स्याङजा : सिद्धार्थ राजमार्गअन्र्तगत स्याङ्जा खण्डको भालुपहाडमा ढुंगा, गिटी, बालुवासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। करिब ८/९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार वर्षाका कारण पहिरो खसेको हो। प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार आइतबार बिहान २ बजेतिर पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।
फेदिखोला गाउँपालिका २ स्थित भालुपहाड कडा चट्टानी पहाड हो। निरन्तर डोजरको अतिक्रमणबाट यसले आउँदा दिनमा झनै जोखिम निम्त्याउने देखिन्छ। राजमार्ग विस्तारका नाममा ढुंगा व्यापारको उदेश्यसहित जथाभावी डोजर चलाएको भन्दै जिल्लामा चर्को आवाज उठे पनि यसतर्फ सरोकारवालाले ध्यान दिएका छैनन्।
पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ। पोखरा-सुनौली अन्र्तगतको सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। पोखराबाट सडक विभागको डोजर ल्याएर सडक खुलाउने तयारीमा जुटेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)