भारतमा ७५ दिनयताकै सबैभन्दा कम कोरोना संक्रमित
नयाँ दिल्ली : भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो।
गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ। यहाँ हाल कोरोना संक्रमितको कूल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
कोरोना शुरु भएयता हालसम्म यहाँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ। गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो। -(रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस !