लुम्बिनीमा ४१ अर्बको बजेट (पूर्णपाठ)

लुम्बिनीमा ४१ अर्बको बजेट (पूर्णपाठ)

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिव ४१ अर्बको अनुमानित बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ को बजेट पेश गरेका हुन्।

चालु आर्थिक वर्षको भन्दा ४ अर्ब ६० करोड बढी आर्थात ४० अर्ब ९५ करोड १७ लाखको बजेट मन्त्री चौधरीले मंगलबार प्रदेशसभामा सार्वजनिक गरका छन् । जसमा पूँजीगततर्फ २१ अर्ब १९ करोड ९९ लाख रहेको छ, भने चालुतर्फ १९ अर्ब ७७ करोड ९७ लाख छ ।

बजेटले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । ‘बाटो घाटो बनाउदै गरौंला, नहर खन्दै गरौंैंला तर पहिले बाँचौं र बचाउऔं’ भन्ने नारा नै दिएर बजेटलाई स्वास्थ्यमा केन्द्रीत गरिएको छ ।

मन्त्री चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताए । बजेट सार्वजनिक गर्दै उनले डीपीआर सकिइसकेको अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माणको काम सुरु गर्ने बताए । राप्ती अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेको उनले बताए । 

यस्तै जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निशुल्क उपचार गर्ने र स्तरीकरण गर्ने उनले बताए ।  उनले कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ । 

भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग समन्वय गरी जटिल प्रकृतिका बिरामीको पनि उपचार गरिने उनले उल्लेख गरे । आगामी आर्थिक वर्षमा सरकारले कोभिड संक्रमितको उचपारमा खटिने स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत भत्ता उपलब्ध गराइनेसमेत उल्लेख गरिएको छ ।

सरकराले मिर्गौलाको प्रत्यारोपण गर्ने बिरामीलाई संघीय सरकारले उलब्ध गराउने रकममा थप २ लाख दिने घोषणा बजेटमा गरेको छ । १६ वर्षमुनिका क्यान्सर बिरामीलाई १ लाख उपचारमा दिने व्यवस्था बजेटमा भएको छ । निशुल्क रक्तसञ्चार सेवाका लागि ५ करोड बिनियोजन भएको छ । योसँगै लुम्बिनी प्रदेशका विरामीले रगतको प्याकेट शुल्क समेत तिर्नु पर्ने छैन।

लुम्बिनी प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्‍याउने कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याएको छ । योजनामन्त्री बैजनाथ चौधरीले कृषि क्षेत्रमा क्रान्ति ल्याउन बजेट छुट्याइएको बताए । यस्तै एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइएको छ । जसका लागि ३५ करोड विनियोजना गरिएको छ । ९२० हेक्टरमा रहेको करार खेती कार्यक्रमलाई १२ सय हेक्टरमा पुर्‍याउे गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

ब्याजमा अनुदान, सहकारी क्षेत्रको लगानीका लागि बजेट व्यवस्था गरिएको छ । हरेक जिल्लामा माटो परीक्षणका लागि मिनि ल्याब बनाइने भएको छ । यस्तै कृषिलाई पेशामा थप समान्जक बनाउको लागि किसानलाई पुस्कार दिने  छ । यस्तै विभिन्न जिल्ला  गाई, बाख्रा अनुसन्धान केन्द्र बनाउने छ ।

कृषि उपजको उत्पादन बढाउनका लागि कोभिड विशेष कृषि तथा पशुपंक्षी उत्पादनमा आधारित व्यवसाय सञ्चालनका लागि ११ करोड विनियोजन गरिएको छ । जसबाट २२ सय किसान लाभावन्वित हुने अनुमान सरकारको छ ।

सीपयुक्त व्यक्ति कहिल्यै भोकै मर्दैन भन्ने नारासहित रोजगारी सिर्जनाका लागि सीपमुलक तालिम सञ्चालन गर्न बजेट छुट्याइएको छ । रोजगारी सिर्जन ागर्न ऋणमा ब्याज अनुदान दिइने बजेटमा उल्लेख छ ।

एक घर एक धारा अन्तर्गत ५५० योजनामध्ये २०० योजना निर्माणका लागि १ अर्ब ६७ करोड बजेट राखिएको छ । फोहोर व्यवस्थापनका लागि बुटवल र सैनामैनामा स्यानिटेस पार्क बनाइने छ । उज्यालो प्रदेश योजना अन्र्तगत विद्युत नपुगेका स्थानमा सोलार जडान गर्नेलाई ९० प्रतिशत अनुदान दिने योजना बजेटमा छ ।

ठेक्का लिने र समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई व्यवस्थापन गर्न क्षमताका आधार मात्रै ठेक्का दिन मिल्ने गरी स्वचालित प्रणालीको विकास गर्ने बजेटमा उल्लेख  छ । समयमै गुणस्तरीय काम सक्नेलाई पुरस्कृत गरिने भएको छ । प्रदेश गौरवको सडक रामपुरदेखि कपुरकोटसम्मको निर्माणका लागि साढे १४ करोड बिनियोजन गरिएको छ ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.